यातायात व्यवसायीले तत्काल गाडी भाडालाई वैज्ञानिक रूपमा समायोजन गर्न दवाव दिए पनि यातायात व्यवस्था विभाग दसैँअघि भाडा नबढाउने भएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार तत्काल भाडा वृद्धि हुने कुनै सम्भावना छैन। यातायात व्यवस्था विभागका इन्जिनियर प्रेम सिंहको नेतृत्वमा गठित समितिले भाडा समायोजन गर्ने सम्वन्धमा अध्ययन गरे पनि ठूला चाडपर्वअघि समायोजन नहुने…