पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको हो ।नेपाल आयल निगमले हिजोदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो । त्यससँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ ।यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा