काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिले बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नलिए गाडी भाडा आफैं बढाउने चेतावनी दिएको छ।महासंघका महासचिव सरोज सिटौलाले बढेको मूल्य सरकारले फागुन २५ गतेसम्म फिर्ता नलिए आफैं गाडी भाडा बढाउने बताए। पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढे पनि गाडी भाडा नबढ्दा यातायात व्यवसायीले धान्न नसक्ने अवस्था आएको उनको भनाइ छ।‘गाडी भाडा बढ्दैन, पेट्रोलको भाउ भने बढेको बढ्यै गर्छ,’ महासचिव सिटौलाले भने‚ ‘हामी अब धान्न सक