काठमाण्डाै – डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ । अघिल्लो हप्ता बुधवार डिजेलको भाउ घटेलगत्तै सरकारले लामो दुरीको भाडा घटाएको थियो । तर छोटो दुरीको भाडा भने घटाइएको छैन । लामो दुरी अर्थात् अन्तर–प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले गाडी भाडा घटाउने विषयमा केही दिनदेखि छलफल भइरहेको बताए पनि टुङ्गोमा पुगेको छैन । प्रदेश सरकार मन्त्री नियुक्त गर्ने ...