गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेको छ । तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ ।कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ ।एक जिल्लाब