गाडी भाडा बढ्याे, यात्रु मारमा

काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ।यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गर्दै सार्वजनिक तथा मालबाहक सवारीको भाडा बढाएको जानकारी दिएको छ।बढेको भाडा जेठ ४  गतेबाटै लागू हुने भएको छ।तेलकाे मूल्य वृद्धिले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडामा हेरफेर गरिएको हो।नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो।इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्