मेगा म्युचुअल फण्ड-१ को नोक्सानी बढ्यो

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । चैत मसान्तसम्म रू. ४ करोड १४ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म रू. ७ करोड ५ लाखभन्दा बढी नोक्सानीमा रहेको हो । योजनाको जम्मा आम्दानी वैशाख मसान्तसम्म रू. ५ करोड ४८ लाखभन्दा बढी ऋणात्मक छ । यो रकम चैत मसान्तसम्म रू. २ करोड ७२ लाखभन्दा बढी ऋणात्मक थियो । जम्मा आम्दानी ऋणात्मक रकम वैशाखमा बढ्दा नोक्सानीसमेत बढेको हो । साथै योजनाको खर्चसमेत वैशाखमा बढेको छ । चैत मसान्तसम्म रू. १ करोड ४१ लाखभन्दा बढी खर्च गरेको योजनाले वैशाख मसान्तसम्म रू. १ करोड ५७ लाखभन्दा बढी खर्च गरेको हो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य वैशाख मसान्तसम्म रू. ८ दशमलव शून्य ८ कायम भएको छ । यो मूल्य चैत मसान्तसम्म रू. ८ दशमलव ३१ रहेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन र कारोबार शुल्कसमेत रू. १ अर्ब १६ करोडभन्दा बढी रहेको छ । कम्पनीले गरेको लगानीको कुल मूल्य भने रू. ९७ करोड ५६ लाखभन्दा बढी छ । कुल लगानीमा योजनाले बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७८ साल भदौ २३ गतदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

मेगा म्युचुअल फण्ड १ को नोक्सानी बढ्यो

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघ महीनाको तुलनामा फागुन महीनामा बढेको छ ।  माघ मसान्तसम्ममा फण्डको नोक्सानी रू. १३ लाख ६५ हजार रहेकोमा फागुन मसान्तमा बढेर रू. २६ लाख ६८ हजार पुगेको हो । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । माघ मसान्तमा फण्डको जम्मा खर्च रू. १ करोड १५ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. १ करोड ३२ लाख पुगेको छ ।  त्यस्तै फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ९० पैसा रहेकोमा फागुन मसान्तमा घटेर ८ रुपैयाँ ८९ पैसामा झरेको हो । माघ महीनाको तुलनामा फण्ड फागुन महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तमा सूचीकृत शेयरमा रू. ८८ करोड ९४ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ५७ लाख पुर्‍याएको हो ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

कात्तिक मसान्तमा मेगा म्युचुअल फण्ड १ को न्याभ रू. ८.३० मा झर्‍यो

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा केही घटेको छ ।  असोज मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ३६ पैसा रहेकोमा कात्तिक मसान्तमा ८ रुपैयाँ ३० पैसा कायम भएको हो । त्यस्तै यस फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७४ करोड १५ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ७४ करोड ५८ लाख थियो ।  फण्डको नोक्सानी असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा बढेको छ । असोज मसान्तमा फण्ड रू. ६ करोड ८५ लाख नोक्सानीमा रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ७ करोड ५८ लाख पुगेको हो । कात्तिक महीनामा फण्डको खर्चमा बढेकाले र जम्मा आम्दानी रू. ६ करोड ९० लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । असोज मसान्तमा फण्डको जम्मा खर्च रू. ५२१ लाख ४६ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ६७ लाख २३ हजार पुगेको छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

भदौमा मेगा म्युचुअल फण्ड–१ को प्रति इकाई खुद मूल्य घट्यो

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ को खुद सम्पत्ति इकाई मूल्य भदौमा घटेको छ । साउन मसान्तसम्म ८ रूपैयाँ ८३ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य भदौ मसान्तसम्म भने ८ रूपैयाँ ६३ पैसा रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म बैंक मुद्दती निक्षेप सहित धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब १८ करोड ५ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको बजारमूल्य भने ९० करोड ७७ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । योजना भदौ मसान्तसम्म ३ करोड ४४ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानी बढेको हो । साउन मसान्तसम्म योजना ९७ लाख ५९ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको थियो । रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

मेगा म्युचुअल फण्ड १ को नोक्सानी घट्यो

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी फागुन मसान्तको तुलनामा चैत मसान्तमा केही घटेको छ । कम्पनीले फागुन मसान्तसम्ममा रू. ४ करोड ९० लाख नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा घटेर रू. ४ करोड १४ लाखमा झरेको हो ।  फण्डको न्याभ भने फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तमा फण्डको न्याभ ८ रुपैया २५ पैसा रहेकोमा चैत मसान्तमा बढेर ८ रुपैया ३१ पैसा पुगेको हो । त्यस्तै यस फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८६ करोड १६ लाख  लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्ममा रू. ८३ करोड ८६ लाख थियो । फण्डले चैत मसान्तसम्ममा ऋणपत्रमा रू. २१ लाख ९९ हजार लगानी गरेको छ । सो अवधिमा मुद्धति निक्षेपमा रू. १० करोड लगानी गरेको हो ।  सूचना हर्न यहाँ क्लिक गर्नुहोस

मेगा म्युचुअल फण्ड - १ को सूचीकृत धितोपत्रमा लगानी बढ्यो

जेठ १६, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड- १ ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत धितोपत्रमा गरेको लगानी बढेको छ। चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ७७ करोड ४५ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ८३ करोड ५८ लाख पुगेको हो । त्यसैगरी फण्डको एनएभी भने चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । चैत मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ४७ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशमलव ४३ कायम भएको हो । वैशाख मसान्तसम्ममा फण्ड रू. ६ करोड ८९ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तसम्ममा पनि फण्ड रू. ६ करोड ६१ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी चैतको तुलनामा वैशाख महीनामा बढेको छ । वैशाख महीनामा फण्डको जम्मा आम्दानी रू. ४ करोड ७८ लाख ऋणात्मक रहेकाले पनि नोक्सानी बढेको हो ।

चैत मसान्तसम्मा मेगा म्युचुअल फण्ड - १ को एनएभी घट्यो, वित्तीय अवस्था कस्तो ?

वैशाख १५, काठमाडौं । मेगा म्युचुअल फण्ड - १ ले चैत मसान्त्सम्मको खुद सम्पत्ति विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनभएभी घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी रू. ९दशमलव ९७ रहेकोमा चैत मसान्तसम्ममा घटेर रू. ९ दशमलव ४७ कायम भएको हो । फागुन महीनाको तुलनामा चैत महीनामा फण्डको नोक्सानी बढेको छ । फण्डले फागुन मसान्तसम्ममा रू.४० लाख २५ हजार नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा बढेर रू. ६ करोड ६१ लाख पुगेको हो । चैत महीनामा फण्डको खर्चमा वृद्धि भएको र जम्मा आम्दानी रू. ४ करोड ५० लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । फागुन मसान्तसम्ममा फण्डको कुल खर्च रू. १ करोड ९२ लाख रहेकोमा चैत मसान्तसम्ममा बढेर रू. २ करोड १० लाख पुगेको छ । उक्त फण्डको चैत मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएको शेयरमा गरेको लगानीको लागत मूल्य (धितोपत्र दलाल कमिशनसहित) रू.८८ रोड ७६ लाख रहेकोमा यसको बजार मूल्य रू. ८० करोड ३५ लाख रहेको छ ।

फागुन मसान्तसम्ममा मेगा म्युचुअल फण्ड - १ को सूचीकृत शेयरमा लगानी बढ्यो

चैत १४, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड - १ ले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी माघ महीनाको तुलनामा फागुन महीनामा १७ प्रतिशत वृद्धि भएको छ । माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६४ करोड ९३ लाख लगानी गरेको उक्त फण्डको फागुन महीनामा बढेर रू. ७६ करोड २ लाख पुगेको हो । फण्डले फागुन महीनामा लगानी गरेका कम्पनीहरुको शेयरमूल्य बढेसँगै  समग्र सूचीकृत शेयरमा गरेको लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभी माघ मसान्तसम्ममा रू. १० दशमलव २६ रहेकोमा फागुन मसान्तसम्ममा रू. ९ दशमलव ९७ कायम भएको छ । त्यस्तै फण्डले माघ मसान्तसम्ममा रू. ३ करोड २३ लाख नाफा कमाएकोमा फागुन मसान्तसम्ममा भने रू.४० लाख नोक्सानी व्यहोरेको छ । फागुन महीनामा आम्दानी घटेकाले फण्डको नोक्सानीमा गएको हो । माघ मसान्तसम्ममा कुल रू. ४ करोड ९७ लाख आम्दानी गरेको उक्त फण्डको आम्दानी फागुन मसान्तसम्ममा रू. १ करोड ५२ लाखमा झरेको हो ।

मेगा म्युचुअल फण्ड–१ को धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य कम

पुस १५, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले मंसिर महीनामा धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. ६२ करोड ९१ लख ३६ हजार रहेको छ ।  योजनाले बिहीवार सार्वजनिक गरेको यस अवधिसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणमा यस्तो देखिएको हो । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ५६ करोड ३६ लाख ३९ हजार मात्र रहेको छ ।  योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम रहेको हो । यो महीना योजनाको बैंक मुद्दती निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ । योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य यो महीना रू. ९ दशमलव ४३ रहेको छ ।  कात्तिक महीनामा योजनाको यो मूल्य रू. १० दशमलव ११ रहेको थियो । यो महीना जम्मा आम्दानी ऋणात्मक हुँदा योजनाले रू. ७ करोड ११ लाख २ हजार नोक्सानी व्यहोरेको छ ।  कात्तिक महीनामा रू. २ करोड ५८ लाख ३३ हजार जम्मा आम्दानी गर्दा योजनाले रू. १ करोड ३९ लाख ९१ हजार नाफा गरेको थियो । मंसिर महीनामा योजनाको खर्च पनि बढी भएको छ । कात्तिक महीनामा रू. १ करोड १८ लाख ४१ हजार खर्च गरेको योजनाले मंसिर महीनामा रू. १ करोड ३५ लाख ३५ हजार खर्च गरेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना यसै वर्षको भदौ २३ गतेदेखि सञ्चालनमा आएको हो । यो योजना २०८८ भदौ २२ गते परिपक्व हुनेछ ।

भदौ मसान्तसम्म मेगा म्युचुअल फण्ड–१ २९ लाखभन्दा बढी नोक्सानीमा

असोज १५, काठमाडौं । भदौ २३ गतेदेखि सञ्चालनमा रहेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ भदौ मसान्तसम्ममा रू. २९ लाख ४४ हजार नोक्सानीमा रहेको छ ।  योजना सञ्चालनको पहिलो महीना योजनाको प्राप्त भइसकेको आम्दानी रू. ५४ हजार र प्राप्त भइनसकेको आम्दानी रू. ३० लाख ८३ हजार रहेको छ । जम्मा आम्दानी रू. ३१ लाख ३८ हजार भएको योजनाको जम्मा खर्च भने ६० लाख ८३ हजार भएको छ ।  यस महीना योजना निष्कासन तथा अन्य पूर्व सञ्चालन खर्च, योजना लेखा परीक्षण शूल्क, योजना व्यवस्थापन शूल्क, डिपोजीटरी शुल्क, कोष सुपरीवेक्षक शुल्क र बैंक शुल्कमा उक्त रकम खर्च भएको हो । आम्दानी भन्दा खर्च बढी भएकाले भदौ मसान्तसम्म योजनाले नोक्सानी व्यहोरेको हो ।  योजना सञ्चालनको पहिलो महीनामा योजनाको धितोपत्र दलाल कमिशन सहित कारोबार शुल्क समेत धितोपत्रमा लगानीको परल मूल्य रू. ५९ लाख ७७ हजार हजार रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी रहेको छ ।  भदौ मसान्तसम्म योजनाले सूचीकृत शेयरमा गरेको लगानीको बजारमूल्य रू. ३३ लाख ६९ हजार, सूचीकृत हुन बाँकी शेयरमा गरेको लगानीको बजार मूल्य रू. ५३ लाख ५४ हजार रहेको छ ।  यस अवधिसम्म योजनाले मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ । भदौ मसान्तसम्म योजनाको कुल सम्पत्ति रू. १ अर्ब २४ करोड ७६ लाख ८ हजार छ । यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ९८ रहेको छ ।