फागुन मसान्तसम्ममा मेगा म्युचुअल फण्ड - १ को सूचीकृत शेयरमा लगानी बढ्यो

चैत १४, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड - १ ले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी माघ महीनाको तुलनामा फागुन महीनामा १७ प्रतिशत वृद्धि भएको छ । माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६४ करोड ९३ लाख लगानी गरेको उक्त फण्डको फागुन महीनामा बढेर रू. ७६ करोड २ लाख पुगेको हो । फण्डले फागुन महीनामा लगानी गरेका कम्पनीहरुको शेयरमूल्य बढेसँगै  समग्र सूचीकृत शेयरमा गरेको लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभी माघ मसान्तसम्ममा रू. १० दशमलव २६ रहेकोमा फागुन मसान्तसम्ममा रू. ९ दशमलव ९७ कायम भएको छ । त्यस्तै फण्डले माघ मसान्तसम्ममा रू. ३ करोड २३ लाख नाफा कमाएकोमा फागुन मसान्तसम्ममा भने रू.४० लाख नोक्सानी व्यहोरेको छ । फागुन महीनामा आम्दानी घटेकाले फण्डको नोक्सानीमा गएको हो । माघ मसान्तसम्ममा कुल रू. ४ करोड ९७ लाख आम्दानी गरेको उक्त फण्डको आम्दानी फागुन मसान्तसम्ममा रू. १ करोड ५२ लाखमा झरेको हो ।   

सम्बन्धित सामग्री

मेगा म्युचुअल फण्ड १ को न्याभ बढ्यो

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा वृद्धि भएको छ ।  कात्तिक मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ३० पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ८ रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । कात्तिक मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू. ७४ करोड १५ लाख रहेकोमा मङ्सिर मसान्तमा बढाएर रू. ८० करोड १० लाख पुर्‍याइएको छ ।  मङ्सिर मसान्तमा फण्ड रू. २ करोड ३२ लाख नोक्सानीमा छ । कात्तिक मसान्तमा पनि फण्ड रू. ७ करोड ५८ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानीको कात्तिकको तुलनामा मङ्सिरमा केही घटेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नहाेस्

भदौमा मेगा म्युचुअल फण्ड–१ को प्रति इकाई खुद मूल्य घट्यो

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ को खुद सम्पत्ति इकाई मूल्य भदौमा घटेको छ । साउन मसान्तसम्म ८ रूपैयाँ ८३ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य भदौ मसान्तसम्म भने ८ रूपैयाँ ६३ पैसा रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म बैंक मुद्दती निक्षेप सहित धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब १८ करोड ५ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको बजारमूल्य भने ९० करोड ७७ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । योजना भदौ मसान्तसम्म ३ करोड ४४ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानी बढेको हो । साउन मसान्तसम्म योजना ९७ लाख ५९ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको थियो । रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

मेगा म्युचुअल फण्ड १ को नोक्सानी घट्यो

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी फागुन मसान्तको तुलनामा चैत मसान्तमा केही घटेको छ । कम्पनीले फागुन मसान्तसम्ममा रू. ४ करोड ९० लाख नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा घटेर रू. ४ करोड १४ लाखमा झरेको हो ।  फण्डको न्याभ भने फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तमा फण्डको न्याभ ८ रुपैया २५ पैसा रहेकोमा चैत मसान्तमा बढेर ८ रुपैया ३१ पैसा पुगेको हो । त्यस्तै यस फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८६ करोड १६ लाख  लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्ममा रू. ८३ करोड ८६ लाख थियो । फण्डले चैत मसान्तसम्ममा ऋणपत्रमा रू. २१ लाख ९९ हजार लगानी गरेको छ । सो अवधिमा मुद्धति निक्षेपमा रू. १० करोड लगानी गरेको हो ।  सूचना हर्न यहाँ क्लिक गर्नुहोस

मेगा म्युचुअल फण्ड १ को न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मंसिर मसान्तमा फण्डको न्याभ रू. ७ दशलमव ९१ रहेकोमा पुस मसान्तमा बढेर रू. ८ दशमलव ६७ पुगेको हो ।  फण्डको न्याभ सँगै नाफामा पनि सुधार आएको छ । फण्डले मंसिर मसान्तसम्ममा रू. ९ करोड ८ लाख नोक्सानीमा रहेकोमा पुस मसान्तमा रू. ३३ लाख ३५ हजार नाफामा गएको हो ।  पुस महीनामा फण्डले रू. १ करोड २८ लाख आम्दानी गर्न सफल भएकाले नाफामा सुधार आएको हो । यस फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ९१ करोड ९४ लाख  लगानी गरेको छ । यो लगानी मंसिर मसान्तसम्ममा रू. ८३ करोड ६२ लाख थियो ।

मेगा म्युचुअल फण्ड - १ को सूचीकृत धितोपत्रमा लगानी बढ्यो

जेठ १६, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड- १ ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत धितोपत्रमा गरेको लगानी बढेको छ। चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ७७ करोड ४५ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ८३ करोड ५८ लाख पुगेको हो । त्यसैगरी फण्डको एनएभी भने चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । चैत मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ४७ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशमलव ४३ कायम भएको हो । वैशाख मसान्तसम्ममा फण्ड रू. ६ करोड ८९ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तसम्ममा पनि फण्ड रू. ६ करोड ६१ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी चैतको तुलनामा वैशाख महीनामा बढेको छ । वैशाख महीनामा फण्डको जम्मा आम्दानी रू. ४ करोड ७८ लाख ऋणात्मक रहेकाले पनि नोक्सानी बढेको हो ।

मेगा म्युचुअल फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

जेठ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २१८ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  प्रभु बैंकको संस्थापक शेयर, मेगा म्युचुअल फण्ड १, बलेफी हाइड्रोपावर, माछापुच्छ्रे बैंक, नबिल ब्यालेन्स फण्ड २ को धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु बैंकको संस्थापक शेयरमा ८ लाख ८० हजार ३७५ कित्ता खरीद माग रहेको छ ।  त्यसैगरी मेगा म्युचुअल फण्ड १ को १ लाख ३५ हजार इकाई, बलेफी हाइड्रोपावरको १ लाख २९ हजार ६५७ कित्ता, माछापुच्छ्रे बैंकको १ लाख ६ हजार १९ कित्ता र नबिल ब्यालेन्स फण्ड २ को १ लाख ४ हजार ८३३ इकाई खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक २० दशमलव ४७ अंक घटेर २ हजार २१९ दशमलव १३ विन्दुमा झरेको छ भने कुल रू. ९३ करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

मेगा म्युचुअल फण्ड - २ सञ्चालनमा आउने, धितोपत्र बोर्डमा दियो निवेदन

वैशाख २६, काठमाडौं । मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले मेगा म्युचुअल फण्ड - २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो । फण्डले उक्त कार्यका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते निवेदन दिएको हो । फण्डले प्रतिइकाई रू. १० का १० करोड इकाई निष्कासन गर्नका लागि  धितोपत्र बोर्डमा निवेदन दिएको हो । योजना व्वस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँट

मेगा बैक नेपालले प्रवद्र्घन गरेको मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को प्रति इकाइमूल्य दस रुपैयाँ दरको दस करोड इकाई मध्ये न्यूनतम एक करोड ५० लाख)वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशनमा […]

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट

भदौ २४, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गते देखि १० गतेसम्म विक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट गरेको छ ।  क्यापिटलले भदौ २३ गते १२ करोड ५० लाख इकाई बाँडफाँट गरेको हो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकारमा २५ प्रतिशत इकार्य थप गरी बाँडफाँट गरिएको क्यापिटलको भनाइ छ ।  क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यमा रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गरेको थियो । फण्डको कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा १ करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।  बाँडफाँटका क्रममा भने २५ प्रतिशत अर्थात् २ करोड ५० लाख कित्ता थप गरी १२ करोड ५० लाख कित्ता इकाई वितरण गरिएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था थियो ।  क्यापिटलले १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि रू. १ अर्ब २५ करोड बराबरको इकाई विक्री गरेको हो ।

‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा २.३७ गुणा बढी आवेदन

काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । यस योजनाको प्रति इकाई १० का दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवर्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखिएको थियो । बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै मागभन्दा बढि आवेदन प्राप्त भई चौथो