काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा केही घटेको छ ।
असोज मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ३६ पैसा रहेकोमा कात्तिक मसान्तमा ८ रुपैयाँ ३० पैसा कायम भएको हो । त्यस्तै यस फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७४ करोड १५ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ७४ करोड ५८ लाख थियो ।
फण्डको नोक्सानी असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा बढेको छ । असोज मसान्तमा फण्ड रू. ६ करोड ८५ लाख नोक्सानीमा रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ७ करोड ५८ लाख पुगेको हो । कात्तिक महीनामा फण्डको खर्चमा बढेकाले र जम्मा आम्दानी रू. ६ करोड ९० लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
असोज मसान्तमा फण्डको जम्मा खर्च रू. ५२१ लाख ४६ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ६७ लाख २३ हजार पुगेको छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्