काठमाडौँ उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि नियमित उठ्ने भएको छ भने पाँच-छ दिनपछि बन्चरे डाँडामा पनि फालिने भएको छ । आजदेखि उठाएको फोहोर नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा फाल्न लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि उठाएको फोहोर सिसडोलमा फालिने भएको हो ।
“आजदेखि उठेको फोहोर सिसडोलमा फालिने छ,”उहाँले भन्नुभयो,“बन्चरे डाँडामा फोहोर फाल्न अझै पाँच–छ दिन लाग्छ ।” बन्चरे डाँडाको ल्याण्डफिल साइटको निर्माणको काम नसकिएकाले त्यहाँ फोहोर फाल्ने काम अलि ढिलो हुनेछ ।