काठमाडौँ उपत्यकाको चोकचोकमा फोहोर

गए रातिदेखि परेको वर्षातका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुँदा चोकचोकमा फोहोर थुप्रिएको छ । लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलमा स्थानीयवासीले अवरोध गर्दा यही पुस पहिलो साता फोहोर व्यवस्थापन हुन सकेको थिएन । विगत पाँच दिनदेखि नियमितरुपमा उठ्न थालेको फोहोर निरन्तर परेको पानीको कारण पुनः रोकिएको हो ।