काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ। सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ। हप्ता दिनअघि पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर दुई सातादेखि थुप्रिएको उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । तर स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएपछि र फोहोर विसर्जन गरिने सिसडोलको डम्पिङ साइटको व्यवस्थापन गर्नुपर्ने भन्दै पुनः फोहोर ढुवानी बन्द हुँदा उपत्यकाको फोहोर उठ्न छाडेको हो। पासाङल्हामु राजमार्गको