अदानचुली गाउँपालिका–४, ५ र ६ का विभिन्न गाउँमा विद्युत् सेवा विस्तार गर्न २ वर्षअघि पोल गाडेर तार जोडिए पनि स्थानीयवासी विद्युत् सुविधाबाट वञ्चित छन् । स्थानीयले बिजुली बाल्न घरघरमा वायरिङ गरे पनि अझै सोलार, टुकी र सल्ले झर्रोको भरमा रात गुजार्नुपर्ने बाध्यता छ ।