सुर्खेत – वीरेन्द्रनगरको मंगलगढी चोकदेखि काँक्रेविहार जोड्ने सडक स्तरोन्नतिकाे काम अलपत्र परेको छ । बजेट सुनिश्चित नहुँदै हचुवाको भरमा योजना छनोट गर्दा तीन वर्षदेखि सडक स्तराेन्नतिकाे काम अलपत्र परेको हो । लामो समय बितिसक्दा पनि नाला निर्माणको कामसमेत अधुरो छ ।
आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा यो सडक निर्माणको काम अघि बढाइएको थियो । सडक समयमै नबन्दा यात्रुलाई बाह्रै महिना सास्ती हुने गरेको छ । यो सडक खण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ ।&nb...