सात वर्षदेखि अलपत्र भ्यू टावर : खुलामञ्चमा भूमिगत पार्किङ योजनामा महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको सवारी चाप व्यवस्थापन गर्न भन्दै आज भन्दा ७ वर्षअगाडि शिलान्यास गरेको काठमाडौं भ्यू टावर अलपत्र छ। ठेकेदार कम्पनी र काठमाडौं महानगरको ढिला सुस्तीका कारण निर्माण हुन नसकेको हो।  वर्षाै‌देखि अलपत्र टावर निर्माण नसकिँदै महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाएको छ। यसअघि अस्थायी बसपार्कको रूपमा प्रयोग गरिएको खुलामञ्चमा भूमिगत पार्किङ निर्माणका लागि डीपीआर तयार गर्ने लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। अलपत