सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालम