साइकलमैत्री सडक योजना अलपत्र

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई साइकलमैत्री सहर बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ ।प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै सुर्खेतलाई साइकलमैत्री सहरका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको हो । सरकारी कर्मचारीलाई साइकल चढ्न प्रोत्साहान गर्ने भन्दै अघिल्लो आर्थिक वर्षमा पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालयबाट सुरु गरी […]

सम्बन्धित सामग्री

मालढुङ्गा–बेनी सडक योजना अलपत्र पर्दा धुलोले सकस

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना तीन वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।

ठेकेदार लापत्ता हुँदा ठूला योजना अलपत्र

जिल्लामा दर्जन बढी ठूला योजनाहरू अलपत्र अवस्थमा छन् । जिल्लाको मुख्य सडक योजना बेनी–दरवाङको तेस्रो खण्ड, गलेश्वर–पिप्ले–भगवती सडक, पोखरे–चित्रे सडक, दरवाङ–धारापानी सडक र बाग्लुङ–बेनी सडक सवै निर्माण ब्यवसायीका लापरवाहीले गर्दा अलपत्र छन् ।

अलपत्र सडकमै रोपाई, ठेकेदार वेपत्ता हुँदा नियमक निकाय मुखदर्शक

गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा अलपत्र परेको छ ।

प्रदेश राजधानीसँग जोड्ने बागलुङका सडक योजना अलपत्र

बागलुङका स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप कालोपत्रका लागि छनोट भएको सडक योजना अलपत्र परेको छ। ताराखोला गाउँपालिकाको केन्द्र अर्गललाई जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक खण्ड कालोपत्र हुने छाँटकाट देखिएको छैन । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गत वर्ष नै उक्त सडक कालोपत्रका लागि छनोट गरेको थियो ।  गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले निर्णय भए पनि योजना कार्यान्वयन अन्योलमा परेको बताए । “सडक कालोपत्रक

म्याग्दी पिप्ले-भगवती कालोपत्र सडक योजना अलपत्र

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले-भगवती कालोपत्र सडक अलपत्र परेको छ ।

आर्थिक लेनदेनको विषयमा विवाद भएपछि पिप्ले-भगवती कालोपत्र सडक योजना अलपत्र

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले–भगवती कालोपत्र सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि एक सातादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको छ । आयोजनाको थप भएको समयमा समेत काम नगरिकन निर्माण

निर्माण व्यवसायी संघका अध्यक्षले ठेक्का लिएको सडक नै अलपत्र

म्याग्दी-निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले एक वर्षअघि जिम्मा लिएको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा पुग्ने सडक योजना अलपत्र पारेका छन् । गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक निर्माण योजना जिसीले काम नगर्दा अलपत्र परेको हो ।पुर्बाधार बिकास कार्यालय म्याग्दीले मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भीर क्षेत्रमा सडक निर्माणका लागि २०७६ पुस पहिलो साता ठेक्का भएको थियो […]

सडक योजना अलपत्र पार्ने ठेकेदार खोज्दै स्थानीयवासी

पर्वतको जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर स्थानीयहरूले विरोध गरेका छन् । निर्माण कम्पनीले विगत १८ महिना देखि सडक अलपत्र पारेको भन्दै स्थानीयवासीहरु विरोधमा उत्रिएका हुन । उक्त सडक गण्डकी प्रदेश सरकारले चार वर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो ।