काठमाडौं। संविधानविद् विपिन अधिकारीले संविधान निर्माताहरुबाटै संविधान कार्यान्वयन संकटमा परेको टिप्पणी गरेका छन्। उनले संविधानप्रति गुनासो हुनेहरु संविधान कार्यान्वयनको कुरा गर्न बाध्य भएको बताए। ट्वीट गर्दै उनले भनेका छन्,“पक्ष र प्रतिपक्ष रहेका संविधान निर्माताहरुबाटै संविधानलाई कसरी जोगाउने भन्ने चुनौती पो उर्लिदैछ। कस्तो बिडम्बना!” पछिल्लो पटक संविधानलाई नै मास्न भइरहेको गतिविधिप्रति उनले आशंका व्यक्त गर्दै यस्तो चिन्ता प्रकट गरेका हुन्।