नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउने कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाए । शनिबार रुपन्देहीको लुम्बिनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष महराले भने, ‘संविधान कार्यान्वयन गर्न नचाहने तत्वले राष्ट्रपतिलाई प्रयोग गरेर नागरिकता विधेयक प्रमाणीकरणमा अवरोध गरेका छन्, यो राष्ट्रको हित विपरित छ ।’ संव