संविधान कार्यान्वयन भए/नभएको हेर्न एउटा छुट्टै निकाय बनाउन आवश्यक : पूर्व सभामुख ढुंगाना

काठमाण्डाै – पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्ववन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताउनुभएको छ ।  शनिवार काठमाण्डौमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्ववन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको पनि उल्लेख ...