कैलालीको अत्तरियादेखि धनगढीको त्रिनगर भन्सारसम्मको साढे १४ किमि सडक निर्माणको म्याद तेस्रो पटक थप्नुपर्ने भएको छ । ६ लेन सडक योजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख युवराज पोख्ररेलले २०७४ जेठमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको दोस्रो पटक थपिएको म्याद सकिन लागेको बताए । ‘९० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘१० प्रतिशत कामका लागि बढीमा ३ महिना म्याद थप्नुपर्ने हुन्छ ।’