आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस दिने

१७ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस दिने निर्णय गरेको हो । १० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत […]

सम्बन्धित सामग्री

आत्मनिर्भर लघुवित्तले नगद र सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद र सेयर बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो । कुल ९३ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । आइतबार बजार बन्द हुँदा यस […]

१० प्रतिशत बोनस दिने सानिमा बैंकको निर्णय

सानिमा बैंकले आइतबार १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल निर्वाचित भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप र

बढी बोनस दिने रोजगारदातामा बैंक अगाडि

बोनस ऐनअन्तर्गत स्थापना भएको राष्ट्रिय कल्याणकारी कोषमा हालसम्म ३७ अर्ब रुपैयाँ जम्मा भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्षमा मात्र सो कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको जनाएको छ ।बोनस ऐन, २०३० को दफा ५ अनुसार मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको […]

बढी बोनस दिने रोजगारदातामा बैंक अगाडि

बोनस ऐनअन्तर्गत स्थापना भएको राष्ट्रिय कल्याणकारी कोषमा हालसम्म २७ अर्व रुपैयाँ जम्मा भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्षमा मात्र सो कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको जनाएको छ। बोनस ऐन, २०३० को दफा ५ अनुसार मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारी तथा श्रमिकलाई बोनसबापत छुट्याउनैपर्ने कानुनी प्रावधानअनुसार सो रकम जम्मा भएको हो ।विभागका निर्देशक मणिनाथ गोपले एक आवको कम्पनीको नाफाअनुसार न्यूनतम पारिश्रमिक ल

ज्योति लाइफले १० प्रतिशत बोनस सेयर दिने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुमा १० प्रतिशतले बोनस दिने भएको छ ।कम्पनीको चौथो वार्षिक साधारण सभाले सेयरधनीलाई सो बोनस दिने प्रस्तावा पारित गरेको हो ।उक्त सभामा ज्योति लाइफले आफ्ना सेयरधनीमा १० प्रतिशतले हुन आउने २२ करोड बराबरको २२ लाख कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै ज्योति लाइफको चुक्ता पुँजी […]

पोखरामा ८५ प्रतिशत पर्यटक आन्तरिक

पोखरा (कास्की) । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।  फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दशैंको आगमनले ठूलै राहत पुर्‍याएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । दशैंमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको संक्रमण पनि घट्दै गएका कारण दशैंसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । दशैंअघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करीब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झन्डै १ हजार होटेल छन् । यसमध्ये १६ ओटा तारे होटेल छन् । कोरोना संकटपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको संख्या बढेको हो । यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झन्डै पौने ४ खर्ब बराबरको लगानी भइसकेको छ । हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक ५ प्रतिशत छन् । कुल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । उनका अनुसार यस याममा पदयात्राका लागि फाट्टफुट्ट बुकिङ आउन थालेको छ । आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मर्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने गरेको उनले जानकारी दिए । दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरामा पर्ने भएकाले अधिकांशले २ देखि ३ दिनसम्मको समय छुट्ट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्छन् भने हिमाली दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटलगायत स्थान पुग्ने गर्छन् । पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने गरेको छ । लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । रासस

ज्योति विकास बैंकको १०% बोनस सेयर पारित

ज्योति विकास बैंकको साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेको छ । बुधवार बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा भएको साधारणसभाले १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो । कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले बैंकले भर्चुअल प्रविधिमार्फत सेयरधनीहरुलाई साधराणसभामा सहभागी गराएको हो ।साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका […]

एभरेष्ट इन्स्योरेन्सको १० प्रतिशत बोनस प्रस्ताव

२८ मंसिर, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । कम्पनीले कर प्रयोजनको लागि ६ लाख ३९ हजार ४ सय ७४ नगद लाभांशको पनि प्रस्ताव गरेको हो ।