१० प्रतिशत मूल्य घट्दा पनि बिकेन माथिल्लो तामाकोशीको सेयर

३० फागुन, काठमाडौं । माथिल्लो तामाकोशीको सेयर मूल्य बुधबार १० प्रतिशत घटेको छ । १० प्रतिशत मूल्य घट्दा पनि खरिद गर्नेहरु छैनन् । कम्पनीको मार्केट डेप्थ हेर्दा साढे १२ बजे १३ लाख ३८ हजार कित्ता सेयर १० प्रतिशत मूल्य घटेर बेच्नका लागि तयार देखिन्छ, तर खरिदका लागि आदेश छैन । एकदिनमा कुनै पनि कम्पनीको मूल्य […]

सम्बन्धित सामग्री

बजार घट्दा पनि ४ दिनदेखि १० प्रतिशत बढ्यो सर्वोत्तमको मूल्य

१२ चैत, काठमाडौं । सेयर बजार घटिरहँदा पनि सर्वोत्तम सिमेन्टको मूल्य विगत ४ कारोबार दिनदेखि १० प्रतिशतका दरले बढेको छ । सोमबार पनि कम्पनीको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । गत मंगलबारबाट कम्पनीको कारोबार सुरु भएको हो । पहिलो कारोबार ५५६ रुपैयाँमा सुरु भई सो दिन बन्द हुँदा मूल्य […]

१० प्रतिशत मूल्य घट्दा पनि बिकेन समाज लघुवित्तको सेयर

१३ फागुन, काठमाडौं । अघिल्लो कारोबार दिनसम्म १० प्रतिशत मूल्य बढेको समाज लघुवित्तको सेयर आइतबार भने १० प्रतिशत नै घट्यो । १० प्रतिशत मूल्य घट्दा पनि बेच्न चाहने लगानीकर्ताले सेयर बेच्न पाएनन् । यस्तो अवस्था अझै केही दिन लम्बिन सक्छ । आइतबार प्रतिकित्ता २ हजार २१९ रुपैयाँ ८० पैसामा कम्पनीको कारोबार सुरु भयो । कारोबार […]

ऋणात्मक प्रतिसेयर आम्दानी रहेका ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

९ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुधबार १० प्रतिशत मूल्य बढेका यी ४ वटै कम्पनी दोस्रो त्रैमाससम्मको अवधिमा नोक्सानीमा छन्, जसले गर्दा ४ वटैको प्रतिसेयर आम्दानी ऋणात्मक छ । बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, हिमालय ऊर्जा विकास कम्पनी र समाज लघुवित्त कम्पनीको मूल्य […]

घाटामा रहेका समाज लघुवित्त र बोटलर्स नेपालको सेयर मूल्य दैनिक १० प्रतिशत वृद्धि

८ फागुन, काठमाडौं । सेयर बजार घट्दा पनि दुई कम्पनीको मूल्य केही महिनादेखि नै दैनिक १० प्रतिशतका दरले बढ्दै गइरहेको छ । बजार बढोस् वा घटोस् यी दुई कम्पनीको मूल्यमा केही महिनादेखि कुनै असर परेको छैन । ती हुन् समाज लघुवित्त र बोटलर्स नेपाल । समाज लघुवित्तको १ साउनदेखि बजारमा कारोबार सुरु भएको हो । […]

आर्थिक संकटको असर बैंकको वित्तीय विवरणमा : नाफा घट्दा, खराब कर्जा दोब्बर

काठमाडौं। कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धलगायत कारण आर्थिक गतिविधि सुस्त हुँदाको असर बैंकहरूको वित्तीय विवरणमा पनि देखिन थालेको छ ।  चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा बैंकहरूको नाफामा उल्लेख्य गिरावट आउँदा खराब कर्जामा भने उच्च वृद्धि देखिएको छ । गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा यो वर्ष पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको हो ।  गत आवको पहिलो, दोस्रो र तेस्रो त्रैमाससम्म नाफाको वृद्धिदर घटे पनि चौथो त्रैमासमा आइपुग्दा सुधार देखिएको  थियो । यसै गरी गत आवको शुरूदेखि नै लगातार उकालो लागेको खराब कर्जामा पनि आवको अन्त्यमा आइपुग्दा सुधार भएको थियो ।  तर, उक्त सुधार टिक्न सकेन । चालू आवको पहिलो त्रैमासमै बैंकहरूको प्रदर्शन खराब देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत आवको पहिलो त्रैमासमा ५ दशमलव ९४ प्रतिशत, दोस्रोमा ११ दशमलव १० प्रतिशत र तेस्रोमा ११ दशमलव ६७ प्रतिशत नाफा वृद्धि भएको थियो । चौथो त्रैमासमा आइपुग्दा नाफा वृद्धिदर २४ दशमलव ९३ प्रतिशत पुगेको थियो । चालू आवको पहिलो त्रैमासमा भने बैंकहरूको नाफा करीब १९ प्रतिशत घटेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले कुल १३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा १२ ओटा बैंकको नाफा घट्दा आठओटाको बढेको छ । कृषि विकास बैंकको नाफा ऋणात्मक छ । बैंकहरूको खराब कर्जा वृद्धिसँगै जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेपछि नाफामा असर देखिएको हो ।  बैंकहरूको औसत खराब कर्जा गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१, दोस्रो त्रैमासमा २ दशमलव ३१ प्रतिशत र तेस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ४ प्रतिशत थियो । गत आवको चौथो त्रैमासमा खराब कर्जा घटाएर २ दशमलव ८ प्रतिशतमा सीमित गरेकोमा चालू आवको पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको छ । कृषि विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ५ दशमलव ३३ प्रतिशत पुग्दा कुमारीको ४ दशमलव ८९ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाको ४ दशमलव ८३, लक्ष्मी सन्राइजको ४ दशमलव ६९, हिमालयनको ४ दशमलव ६७ र ग्लोबल आइएमई बैंकको ४ दशमलव ३८ प्रतिशत पुगेको छ । आर्थिक गतिवधिमा कमी आउँदा बैंकहरूको कर्जा असुली प्रभावित भएसँगै खराब कर्जा बढेको हो । खराब कर्जा वृद्धिले वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गर्छ । वाणिज्य बैंकहरूको खुद नाफा घटेपछि तिनका शेयरधनीलाई वितरणयोग्य नाफा पनि कमजोर भएको छ । बैंकहरूले चालू आवको पहिलो त्रैमासमा १७ अर्ब २६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशत कम हो ।

खपत घट्दा स्याउ आयातमा १० प्रतिशत कमी, व्यापारी भन्छन्- विक्री ह्वात्तै घट्यो

काठमाडौं । नेपालमा चालू आर्थिक वर्ष (आव)को ८ महीनामा स्याउ (Apple) आयात (Import) १० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि फागुनसम्ममा नेपालमा ५ करोड ७१ लाख २६ हजार ५ किलोग्राम स्याउ भित्रिएको छ । गत आवको सोही अवधिमा भने नेपालले ६ करोड ३६ लाख १८ हजार ४८५ किलोग्राम बराबरको स्याउ आयात गरेको थियो ।  विभागका अनुसार चालू आवको समीक्षा अवधिमा स्याउ आयातबाट ४ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ । गत आवको सोही अवधिमा भने यो रकम ७ अर्ब १५ करोड ८८ लाख रुपैयाँ थियो ।  कुलेश्वर फलफूल बजारका व्यवसायी अमर बानियाँ स्याउको खपत घटेकाले आयात घटेको बताउँछन् । उनका अनुसार यो वर्ष स्याउको खपत ४० प्रतिशत घटेको छ । ‘अघिल्ला वर्षमा साइकलमा फलफूल बेच्नेहरू घरघरै पुगेर बेच्थे । अहिले त्यसरी बेच्नेहरू छैनन्,’ उनले स्याउको विक्री घट्नुको कारण खुलाए ।  काठमाडौं महानगरपालिका (Kathmandu Metropolitan)ले सडक किनारमा साइकल–ठेला राखेर फलफूललगायत सामान बेच्न प्रतिबन्ध लगाएपछि स्याउको विक्री घटेको व्यापारी बताउँछन् ।  कालिमाटीमा किराना सामानसँगै फलफूल (Fruits) बेच्दै आएका कमल बस्नेत पनि अहिले स्याउको व्यापार ह्वात्तै घटेको बताउँछन् । गत वर्ष दैनिक २०–३० किलो स्याउ विक्री गर्ने उनी अहिले दैनिक १० किलो स्याउ बेच्न मुश्किल रहेको बताउँछन् ।  खपत घट्दा मूल्य बढ्यो ! व्यापारीले स्याउको खपत घटेको बताइरहँदा यसको मूल्य (Price) भने बढेको छ । अर्थशास्त्रको सिद्धान्त अनुसार यो विपरीत असर हो । यो सिद्धान्त अनुसार खपत घट्दा मूल्य पनि घट्छ ।  गत वर्ष होलसेलमा प्रतिकिलो १००–११० रुपैयाँमा पाइने गरेको स्याउ यो वर्ष प्रतिकिलो १६० रुपैयाँ पुगेको छ । होलसेलसँगै स्याउको खुद्रामूल्य पनि बढेको छ । गत वर्ष प्रतिकिलो १४० रुपैयाँ रहेको स्याउ अहिले १५०–१८० रुपैयाँसम्म पर्ने गरेको छ । गत वर्ष प्रतिकिलो २४० रुपैयाँ रहेको फुजी स्याउ अहिले ६० रुपैयाँसम्म बढेको छ ।  खपत घटेपछि स्याउ स्टोरमा थन्किएको कुलेश्वर फलफूल बजारका व्यवसायी बानियाँ बताउँछन् ।  कुन देशबाट कति आयात ?  नेपालले भारत (India), चीन (China), अमेरिका (America)लगायत देशबाट स्याउ आयात गर्ने गरेको छ । चालू आवको समीक्षा अवधिमा नेपालमा चीनबाट सबैभन्दा धेरै स्याउ भित्रिएको छ । विभागका अनुसार समीक्षा अवधिमा चीनबाट २ अर्ब ५२ करोड १६ लाख रुपैयाँ बराबरको २ करोड ७७ लाख ३०१ किलोग्राम स्याउ आयात भएको छ । यस्तै, भारतबाट १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ बराबरको २ करोड ९३ लाख ७० हजार १२४ किलोग्राम स्याउ भित्रिएको छ ।  यस्तै स्विट्जरल्याण्डबाट २७ लाख रुपैयाँ बराबरको ३५ हजार किलोग्राम र संयुक्त राज्य अमेरिकाबाट ५० लाख ३४ हजार रुपैयाँ बराबरको २० हजार ५८० किलोग्राम स्याउ आयात भएको छ ।

४९ अंकले घट्यो शेयर बजार, तर घटेन यी कम्पनीका शेयर मूल्य

१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४९ अंकभन्दा धेरैले शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से परिसूचक उच्च अंकले घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् । २ वटा कम्पनीहरुको शेयर मूल्यमा त सकारात्मक सर्किट नै लागेको छ । कुनै पनि कम्पनीको एकै दिनमा १० प्रतिशत भन्दा धेरैले शेयर […]

सेयर बजार ६ अंकले घट्दा यी ४ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

मंगलबार सेयर बजारको परिसूचक नेप्से ६. ४७ अंकले घटेको छ। सो अंकको कमीपछि परिसूचक २८१६ अंकमा कायम भएको छ।

निषेधाज्ञाको अघिल्लो दिन नेप्से १३ अंक घट्यो

काठमाडौं। निषेधाज्ञाको अघिल्लो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले घटेको छ। यसक्रममा नेप्सेमा तीन अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार घट्दा आज नेप्सेमा कारोबार भएका १३ मध्ये तीन समूहबाहेक सबै घटेका छन्। बजार घटेपनि महिला लघुवित्त र विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्।

नेप्से ९ अंकले घट्दा तीन कम्पनीका लगानीकर्ताले कमाए १०%

समग्र बजारको परिसूचक नेप्से ९. ४ अंकले घटे पनि सोमबार तीन कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत नाफा कमाउन सफल भए। स्वरोजगार लघुवित्त, हिमालयन डिस्टिलरी र हिमालयन पावर पार्टनरका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद दिने घोषणा गरेकाले लगानीकर्ताको चाप परेको हो। कम्पनीको मूल्य प्रतिकित्ता २५६५ पुगेको छ। त्यस्तै…