बाह्य क्षेत्रमा सुधार, आन्तरिक पाटो भताभुंग

काठमाडौं । एक वर्ष भन्दा धेरै समयदेखि समस्यामा रहेको अर्थतन्त्रको बाह्य क्षेत्रमा अहिले सुधार आएको छ । तर, यहि बेला अर्थतन्त्रमा आन्तरिक पाटो भने भताभुंग बनेको छ । चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले मुलुकको बाह्य क्षेत्रमा गत वर्षका तुलनामा निकै सुधार आएको देखाएको हो । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको भदौसम्ममा […]

सम्बन्धित सामग्री

यसो गरे सुध्रन्छ अर्थतन्त्र

अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ । बैंक, वित्तीय संस्थाहरूसँग करीब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । विप्रेषण आप्रवाह पनि हालसम्मकै बढी छ । विदेशी विनिमय सञ्चिति सम्भवत: हालसम्मकै उच्च छ । असोजमा करीब १ लाख २० हजार पर्यटक भित्रिए । चालू आर्थिक वर्ष (आव) मा शोधनान्तर अवस्था निरन्तर सकारात्मक छ । यो सिक्काको एउटा पाटो हो ।  अर्कोतर्फ सरकारी खाता घाटामा चलिरहेको छ । चालू खर्च र वित्तीय व्यवस्थापनका लागि छुट्ट्याएको बजेट निरन्तर बढिरहेको छ । बैंक, वित्तीय संस्थाको आय घटेर राजस्वमा थप असर पर्ने देखिएको छ । विकास खर्च अत्यासलाग्दो गरी न्यून छ । यसको अर्थ हो सरकार दबाबमा छ । मूल्य वृद्धिदर २० महीनायता ७ प्रतिशतभन्दा माथि छ । निजीक्षेत्रद्वारा सञ्चालित सिमेन्ट छडजस्ता उद्योग ३० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेका छन् । केही महीनाअघि नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले पनि उद्योगहरू ४३ प्रतिशत क्षमतामा चलिरहेको देखाएको थियो । यो क्षमता अझ घट्दो छ ।  साना तथा मझौला व्यवसायीका सटरहरू बन्द छन् । कृषि उत्पादनले थप बजार गुमाउँदै छन् । विदेशिनेहरूमा साना व्यवसाय वा कृषि गरिरहेका युवा बढी छन् ।  यसले के देखाउँछ भने सरकार, निजीक्षेत्र र सर्वसाधारण तीनओटै क्षेत्र समस्यामा छन् । मागमा संकुचन भइरहेको छ । उद्यमी व्यवसायीमा चरम निराशा छ । व्यवसायीले लगानीको नभई पलायनको योजना बनाइरहेका छन् । सबल बाह्य क्षेत्रले यी तीन वर्गलाई छुन सकेको छैन । यस्तो किन भयो त ?  यसबारे धेरै चर्चा त भयो तर समाधानको स्पष्ट तस्वीर आएन । म छोटकरीमा यति मात्रै भन्छु– पहिलो हामी कोभिडपछिको तीव्र आर्थिक विस्तारबाट धेरै आत्तियौं र निजीक्षेत्रलाई संकुचित बनाई माग घटायौं । असहज आर्थिक अवस्थामा सरकारले खर्च बढाउनुपर्नेमा खर्च कटौतीको नीति लियो । यसले समस्यालाई थप बढाउने काम गर्‍यो ।  दोस्रो कुरा समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि सुधारको उपाय अवलम्बन गरेनौं । बजेट र मौद्रिक नीतिका लागि सबै निजीक्षेत्रले संयुक्त रूपमा सुझाव दियौं । तर, सुनुवाइ हुन सकेन । त्यो मेरो वा परिसंघ वा चेम्बर अध्यक्षको व्यक्तिगत माग थिएन । हामीले सबैलाई प्रतिनिधित्व गर्छाैं र निजीक्षेत्रको साझा सुझाव दिएका हौं । हाम्रा विषय सम्बोधन गरी सरकारी निकायबीच सामान्य समन्वयमात्रै भइदिएको भए अहिले जस्तो समस्या हुने थिएन ।  त्यही भएर हामीले असोज २५ गते बृहत् आर्थिक बहस आयोजना गर्‍यौं । समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्रको प्रस्ताव गरेका थियौं । यो संयन्त्र निर्माणको प्रस्ताव राज्यका आर्थिक क्षेत्रसँग सम्बद्ध विभिन्न निकायलाई थप सहयोग, समन्वय र सहजीकरण गर्नका लागि गरिएको हो । सबै निकायले आफूले राम्रो काम गरिरहेको भनिरहेका छन् । तर, नतिजा सुखद आउन सकेको छैन । सबैको राम्रो कामको नतिजा पनि राम्रो निकाल्न सहकार्य आवश्यक छ । त्यसैले निजीक्षेत्रसहित सबै एकै ठाउँमा बसेर समस्याको समाधान खोजौं ।  यसै सिलसिलामा महासंघले आयोजना गरेको आर्थिक बहस कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानूनी हैसियत भएको संयन्त्र गठन गर्न प्रतिबद्धतासमेत जनाइसक्नुभएको थियो । उक्त प्रतिबद्धतालाई महासंघसहित अर्थतन्त्रका धेरै सरोकारवालाले सकारात्मक रूपमा लिँदै कार्यान्वयनको प्रतीक्षा गरिरहेको अवस्था छ । यसैले आजकै बैठकबाट उच्चस्तरीय संयन्त्र घोषणा गर्न म सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष आग्रह गर्छु ।  महासंघले वर्तमान अवस्था र गर्नुपर्ने सुधारका विषयमा देशभरका व्यवसायी तथा सदस्य संघसंस्थासँग सुझाव पनि मागेको थियो । प्रस्तुत सुझावमा तिनलाई पनि समेटिएको छ । अर्थतन्त्र सुधार्न तत्काल गर्नुपर्ने काम सरकारले गर्नुपर्ने  अहिले व्यवसायीको कन्फिडेन्स लुज भएको छ । व्यवसायीको कफिन्डेन्स बढाउन राज्यले पूँजीगत खर्च बढाएर, लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि बढाउन आवश्यक छ ।  सरकारी पूँजीगत खर्चको वृद्धिदर गत आवको पहिलो ३ महीनामा १८ दशमलव ६ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ९ प्रतिशतमा मात्र रहेको तथ्यांक छ । आर्थिक गतिविधि सुस्त हुनुमा यो पनि एक प्रमुख कारण हो । त्यसैले सरकारको पूँजीगत खर्च बढाउन जरुरी छ । वर्षा र मुख्य चाडपर्व पनि सकिए । अब खर्च बढाउन कामलाई गति दिने समय आएको छ ।   अब कामलाई तीव्र गर्नुपर्ने समयमा विभिन्न ढंगले अराजक गतिविधि बढ्न थालेको देखिन्छ । अराजक गतिविधिलाई कुनै पनि हालतमा नियन्त्रण गर्न जरुरी छ । यसलाई समयमै नियन्त्रण गरिएन भने मुलुकभित्र मात्र होइन बाहिरबाट आउने पर्यटक र विदेशी लगानीकर्तालाई पनि गलत सन्देश जान्छ ।   शान्ति सुरक्षा, लगानी सुरक्षा र लगानीकर्तालाई उत्पे्ररणा हुने वातावरण बनाउन जरुरी छ ।   सरकारले अहिले आन्तरिक ऋण उठाएको छ । यो पनि खर्च भएको छैन । सरकारले आन्तरिकका साथै बाह्य ऋण लिएर विकासका कामलाई तीव्र रूपमा अघि बढाउनुपर्छ । क्रेडिट रेटिङ गरी विदेशी लगानी ल्याउनु पर्छ ।   यो समयमा लगानी बढाउने र आर्थिक गतिविधि बढाउन सकेमात्र व्यवसायीको मनोबल उच्च बनाउन सकिन्छ ।   अहिले विद्युत् उत्पादन पर्याप्त छ । पर्याप्त रहेको बिजुली खपत बढाउनु जरुरी छ । अहिलेका लागि उद्योगलाई सहुलियत दिँदा दोहोरो फाइदा हुनेछ । साथै उत्पादित बिजुली प्रसारण लाइनका कारण प्राधिकरणले खरीद गर्न सकेको छैन ।   भूतप्रभावी कानून र अस्थिर नीतिगत व्यवस्थाले आन्तरिक तथा बाह्य लगानीलाई दुरुत्साहन गर्छ । त्यसैले यसतर्फ राज्यले लचिलो व्यवस्था मिलाउनुपर्छ ।  पर्यटन प्रवर्द्धनका कार्यक्रमबाट छोटो समयमा अधिकतम फाइदा लिन सकिने हुन्छ । यसलाई प्राथमिकतामा राख्नुपर्‍यो । निर्माण सम्पन्न भएका विमानस्थलहरूलाई सञ्चालनमा ल्याउने र निर्माणाधीन राजमार्गहरू छिटो सम्पन्न गर्दै सडक यातायातलाई सहज बनाउनुपर्छ ।  केही खास प्राविधिक विषयहरू जस्तै नर्सिङ कलेज खोल्न रोक्दा विद्यार्थी भारतीय सीमाक्षेत्रमा गएर पढ्न बाध्य छन् । यसरी विद्यार्थी बाहिर जाँदा एकातर्फ मुलुकभित्र लगानी, रोजगारी बढ्न सकेको छैन भने विदेशी मुद्रा बाहिरिएको छ । यसमा निर्णायक कदम चाल्ने समय आइसकेको छ ।   व्यवसायीले पूँजीगत खर्चको सिलसिलामा गर्ने खर्चमा ठूलो अंशमा सरकारलाई मूल्य अभिवृद्धिकर (भ्याट) दाखिला गरी आएका छन् तर आय आर्जन गर्न उल्लेख्य समय लाग्ने भएकोले आउटपुट ट्याक्सको दायित्व नहुने र उल्लेख्य रूपमा स्रोतमा तिरिएको भ्याट क्रेडिट रहिरहेको अवस्था छ । यसले गर्दा निजीक्षेत्रलाई पूँजीगत लगानीको स्रोत व्यवस्थापन गर्न थप कठिन बनाएको छ । यस्तो समस्या खास गरेर होटेल, पूर्वाधार विकास आयोजनालगायत दीर्घकालीन लगानीमा हुने व्यवसायमा बढी देखिएको छ । सरकारमा अग्रिम रूपमा जम्मा भएको भ्याट रकम तत्काल व्यवसायीलाई फिर्ता गर्ने व्यवस्था भए उक्त रकमले पूँजीगत लगानी सहज हुन जाने निश्चित छ ।   मूल्य अभिवृद्धिकर ऐनको दफा २४ मा यसरी लगातार ४ महीनासम्म दाखिल गर्नुपर्ने कर रकममा मिलान गरेर बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले फिर्ता पाउन सक्ने व्यवस्था भए पनि व्यवहारमा त्यसो हुन सकेको छैन । तसर्थ सरकारले नीतिगत रूपमा यस्तो अधिक दाखिला भएको कर रकम सहज रूपले फिर्ता गर्ने वातावरण तयारी गर्नुपर्ने देखिन्छ । यसले पूँजीगत खर्च बढाउन सहयोग गर्छ जसले गर्दा राष्ट्रको आर्थिक गतिविधिलाई थप टेवा पुग्न जान्छ । नेपाल राष्ट्र बैंकले गर्नुपर्ने  अर्थतन्त्रलाई चलायमान बनाउन शहरदेखि गाउँगाउँसम्म पूँजी प्रवाहलाई चलायमान बनाउनुपर्नेछ । त्यसका लागि गाउँगाउँसम्म पूँजी प्रवाहमा देखिएको अवरोध हटाउनुपर्छ ।   जिल्लाजिल्लामा रहेका साना तथा मझौला व्यवसायलाई प्रवाह हुने कर्जालाई सहज बनाउनुपर्‍यो । जस्तै घर कर्जालाई सरल र सुलभ बनाउन सके यसले सिमेन्ट, छडदेखि फर्निचरसम्मका उद्योग चलायमान बनाउन सघाउँछ भने व्यापक मात्रामा रोजगारी पनि सृजना हुन सक्छ ।  बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर कम गर्न अबको केही दिनमा हुन लागेको मौद्रिक नीतिको समीक्षामा नेपाल राष्ट्र बैंकले केही उपहकरण ल्याउन सक्छ । मुद्दती निक्षेपको ब्याज बढी हुँदा बैंकमा पैसा राखेर ब्याज खाने चलन बढेको छ । पैसा बजारमा चलायमान हुने, उत्पादनमूलक या अरू केहीमा लगानी नहुने भयो ।  कृषि, पर्यटन पूर्वाधार र आईसीटीलगायत सेवा तथा उत्पादनमूलक क्षेत्रमा पुनर्कर्जा र करमा सहुलियतसहितको प्याकेज आवश्यक छ ।  नेपाली अर्थतन्त्रको लाइफलाइन विप्रेषण हो । तर, त्यही विप्रेषण ग्रामीण क्षेत्रसम्म पुग्न सकेको छैन । आन्तरिक विप्रेषण सेवा बन्द हुँदा गाउँगाउँसम्म पैसा नपुग्दा ग्रामीण अर्थतन्त्र शिथिलजस्तै भएको छ । यसले ग्रामीण क्षेत्रका साना तथा मझौला व्यवसायलाई समस्यामा पारेको छ । गाउँसम्म सहजै रकम पुग्ने संयन्त्र रोकिनु हुँदैन ।   नेपाली समाज ऋण नतिर्ने समाज होइन । तर, पछिल्लो समय ऋण नतिर्नेसम्मको आवाज उठिरहेको छ । यो उचित होइन । त्यसैले यसको समाधानका लागि बैंकहरूलाई ऋणीको अवस्था हेरी केही समयका लागि पुन: संरचना र पुनर्तालिकीकरण लगायतको अधिकार दिनु आवश्यक छ ।   साना तथा मझौला कर्जालाई बैंकले आफm अध्ययन गरेर दिन सक्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । चालू पूँजी कर्जासम्बन्धी व्यवस्था पनि बैंक वित्तीय संस्थाले नै निर्णय गर्ने गरी छोडनु उपयुक्त हुन्छ ।   हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधनमार्फत साझेदारलाई पनि वाच लिस्टमा राख्ने र कालोसूचीबाट बाहिर निस्किन ६ महीना लाग्ने प्रावधान ल्याएको छ । यसले व्यवसायी हतोत्साही छन् ।   समग्रमा कोभिड तथा रूस–युक्रेन युद्धपछि विश्वका अधिकांश मुलुकमा देखिएको आर्थिक शिथिलतालाई कम गर्न मुलुकहरूले आफ्ना तर्फबाट नयाँ नयाँ उपायहरू लिएका छन् ।  यसै सन्दर्भमा हिजो मात्र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले बेलायती अर्थतन्त्र सुधारका लागि पाँचओटा बुँदा लेखेका छन् ।  ऋण घटाउने  कर कटौती गर्दै कामबापत पुरस्कार  घरेलु, दिगो ऊर्जा निर्माण  बेलायती व्यवसायलाई सहयोग  विश्वस्तरको शिक्षा प्रदान  यहाँ पनि सम्माननीय प्रधानमन्त्रीज्यूले अर्थतन्त्रका साझेदारहरूसँग २ दिन लगातार गहन छलफल गर्नुभएको छ । यसको निचोड वा सुधारका रणनीतिक कदमहरू तत्काल घोषणा हुने हामीले आशा गरेका छौं । (प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि मंगलवार आयोजना गर्नुभएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरेको विचार ।)

चालू पुँजी कर्जामा समय देऊ

चालू आर्थिक वर्षको सुरुदेखि मुलुकको अर्थतन्त्रमा दुईवटा चरित्र देखिए । गत वर्ष अर्थतन्त्रको बाह्य पाटो बिग्रेकोमा यस वर्ष सुरुदेखि नै सुधार आयो । अझै केही सूचक नराम्रा भए पनि बाह्य क्षेत्र समग्रमा मजबुत हुँदै आएको छ । तर, गत वर्ष बजारमा तरलता अभावबाहेक खासै अर्को चर्को समस्या देखिएको थिएन । यो वर्षको सुरुदेखि आन्तरिक पाटोमा […]

नेपाली प्रविधि र ढर्राको ऐतिहासिक साँङ्ले पुल संरक्षणको पर्खाइमा

चैत ६, काठमाडौं। दोलखा जिल्लाको विगु  र  गौरीशंकर गाउँपालिका जोड्ने ऐतिहासिक झोलुङेपुल अनौठो त छँदै छ नेपाली इतिहासको गतिलो अवशेष पनि हो ।  यो नेपालको पुरानो र आफ्नै ढर्राको इञ्जिनीयरिंगको एक नमूनाका रुपमा  पनि रहेको छ । अपर तामाकोशी हाइड्रोपावर जाने बाटोमा पर्ने यो पुल देख्दा जति आकर्षक छ, यसको ऐतिहासिक पाटो पनि उत्तिकै रोचक छ । फलामको चार ओटा सिक्रिमा झुण्डिएको पुलमा फलामकै यू आकारको बार लगाइएको छ । सोहि यू आकारमा रहेको फलामे तारमा काठको फ्ल्याक राखिएको छ । करीब ४० मिटर लामो यो पुल प्रेगराज पण्डितले बनाएको हुन् भन्ने सुनेको तर कसले बनाएको हो भन्ने खास्सै जानकारि नभएको स्थानीय बृद्ध दल बहादुर खड्काले बताए ।   तत्कालिन समयमा दोलखाको ठोसेमेक्चान भन्ने स्थानमा भएको फलाम खानीबाट ५०० धार्नी फलाम ल्याएर स्थानीय आरनमा नै फलाम पिटेर लामा लामा फलामे सिक्री बनाई झोलुङेपुल बनाइएको थियो । पुल जिरीका कालिगढ ल्याएर बनाइएको उनको भनाइ छ । जिल्लाको जामुने भन्ने स्थानमा विसं २००३ सालमा निर्माण गरिएको यो पुल २०७७ सालसम्म सञ्चालनमा थियो । राणाकालमै बनेको पुल यात्रा गर्न नसकिने गरी अहिले जिर्ण अवस्थामा छ । पुलको पुनर्निर्माण स्थानीय समाजसेवी देबराज आचार्य र दिव्यधोज आचार्यले गर्नलागेको जानकारी पाएको पनि खड्काले बताए ।   साविककै स्वरुपमा निर्माण गर्न लागिएको यो झोलुङे पुलको पुनर्निर्माण र संरक्षण हुन सके भावि पुस्ताले समेत नेपालको ऐतिहासिक यातायातका यस्ता प्रविधिको बारेमा जानकारि पाउन सक्ने स्थानीयको भनाइ छ । साथै यसको प्रचार प्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटकसमेत बढाउन सकिने देखिन्छ । यसमा स्थानीय सरकार र सरोकारवालाको ध्यान जान जरुरि रहेको छ ।

बेकामे पर्यटन बोर्ड

नेपालको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सरकार र निजीक्षेत्रको साझेदार संस्थाका रूपमा खडा गरिएको नेपाल पर्यटन बोर्डले अपेक्षाअनुसार काम गर्न सकेको छैन । त्यसमा पनि कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सबैभन्दा बढी क्रियाशील हुनुपर्ने यो संस्था अहिले निष्क्रिय जस्तै छ । कोरोनाको महामारी अन्त्य हुने लक्षण देखा पर्दै जाँदा पर्यटनलाई गति दिन प्रचारप्रसारको नयाँ रणनीति अपनाउनुपर्नेमा उल्टै नेतृत्वविहीन बनेर कामविहीन बनेको छ । त्यसैले यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । बोर्डको कार्यकारी प्रमुख बन्नका लागि निकै दौडधुप गर्ने तर प्रभावकारी रूपमा पर्यटन प्रवर्द्धनका योजना बनाउने नसक्ने प्रमुख पाउनु यसको नियति नै बनेको छ । बोर्डलाई चलायमान बनाउने प्रमुख व्यक्तिको क्षमता र नियतिमाथि नै टीकाटिप्पणी हुने गरे पनि सही र योग्य व्यक्ति ल्याउन सार्थक पहल भएको देखिँदैन । कोभिड–१९ ले गर्दा २ वर्षदेखि बाह्य पर्यटको आगमन करीब- करीब ठप्प छ । पर्यटक आगमन ठप्प हुँदा बोर्डले पाउने बजेटको आकार पनि घटेको छ । त्यसैले अहिले स्रोत व्यवस्थापनमा समेत दबाब परेको छ । तैपनि बोर्डले आफूसँग भएको आन्तरिक स्रोतसाधनको उच्चतम परिचालन गर्न सकेको छैन । बोर्डको स्रोत भनेको सरकारी अनुदान र विभिन्न पर्यटकीय संघसंस्थाबाट प्राप्त हुने रकम हो । यो रकम पर्यटनको प्रवर्द्धनका लागि खर्च हुनुपर्ने हो । दुर्भाग्य, कोरोनाका कारण थलिएको पर्यटनलाई पुनर्जीवन दिन आवश्यक प्रवर्द्धनात्मक कार्य गर्न सकेको छैन । भएका काम पनि परिणाममुखी देखिएका छैनन् । यस्तोमा बोर्ड प्रमुखविहीन हुँदा कामै नहुनु स्वाभाविक हो । बोर्डमा केही पदाधिकारीले राजीनामा दिएका छन् । बोर्डका प्रमुख कारबाहीमा परेका छन् । बोर्डलाई यसरी नै लथालिंग छाड्ने हो र यसको जिम्मेवारी र कार्य क्षमतामा सुधार नल्याउने हो भने पर्यटनको पुनरुद्धार अभैm ढिलो हुन सक्छ । त्यसैले सरकारले तत्कालै योजना र लक्ष्य लिएको योग्य व्यक्तिलाई बोर्डमा नियुक्ति दिन ढिला गर्नु हुँदैन । कोरोना भाइरस संक्रमण महामारीका कारण झन्डै डेढ वर्षदेखि पर्यटन क्षेत्र शिथिल बनेको छ । यो अवस्थामा सरकार र नेपाल पर्यटन बोर्डले अघि सार्ने योजना र कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुत्थान निर्भर रहन्छ । विश्वभरि नै पर्यटन व्यवसाय निकै घटेको छ । तर, अन्य देशले तीव्र गतिमा फरक रणनीति र प्रर्वद्धनात्मक एवं प्रचारात्मक कार्य थालेकाले अहिले तिनीहरू बिस्तारै तंग्रन थालेका छन् । नेपालको अवस्था भने उल्टो छ भन्दा हुन्छ । अहिले ओमिक्रोन भेरिएन्टको संक्रमण पनि मत्थर भइसकेको छ । खोप पनि अत्यधिकले लगाइसकेका छन् । पर्यटकहरू फाट्टफुट्ट देखापर्न थालेका छन् । यही बेला बोर्डको भूमिका बढी आवश्यक छ । बोर्डले व्यवसायीहरूसँग अन्तरक्रिया गरेर कुन कुन क्षेत्रमा कसरी प्रवर्द्धनात्मक कार्य गर्दा बढी प्रभावकारी हुन्छ भनेर योजना बनाई तत्कालै कार्यान्वयनमा जानुपर्छ । पर्यटन बोर्डले विगतमा अध्ययन–अनुसन्धान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मेला–महोत्सवमा बजेट छुट्ट्याउने गथ्र्यो । पर्यटन बोर्डको उद्देश्य अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्नु हो । पर्यटनसँग सम्बद्ध नीति बनाउन पनि उसको भूमिका हुन्छ । उसले सरकार र निजीक्षेत्रलाई जोड्न पुलको काम गर्न सक्छ । बोर्डको काम समग्र पर्यटन प्रवर्द्धनका गतिविधि गर्नु हो । तर, जे परिकल्पना गरेर ऐन, विधान निर्माण गरियो, त्यसअनुसार बोर्डले काम नै गर्न सकेको छैन । सोच र योजना राम्रो आए पनि कार्यान्वयनको पाटो कमजोर भयो । त्यही भएर स्थानीय मेलामहोत्सवमा खर्च गरेर बजेट सक्ने काम भएको छ जुन गलत हो । अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्न भएको खर्चको प्रतिफलबारे बोर्डमा छलफल नै भएको पाइँदैन । त्यसबारे अध्ययन पनि भएको छैन । त्यो कति प्रभावकारी भयो, कति फाइदा भयो, अर्कोपटक लगानी गर्ने कि नगर्ने भन्ने विषयमा बोर्डले गम्भीर भएर अध्ययन गर्नुपर्ने हो । फलदायी नभएको कामहरू रोकेर नयाँ खालको प्रचार नीति ल्याउनुपर्ने हो । त्यस्तो भएको पनि पाइँदैन । पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव हुने व्यवस्था छ र सचिव फेरिएसँगै अध्यक्ष फेरिइहाल्नाले पनि बोर्डले राम्ररी काम गर्न नसकेको हो । बोर्डका सीईओ विवादमा तानिँदा पनि कार्यान्वयन पक्ष असाध्यै फितलो भयो । नेपालमा कस्ता पर्यटक आए, कति पर्यटक आए, त्यसको तथ्यांकसमेत बोर्डसँग भएको पाइँदैन । यस्तो तथ्यांकविना गरिने प्रचारकै कारण पनि फलदायी परिणाम नआएको हो । नेपालका लागि कुन बजार बढी उपयुक्त छ भनेर त्यसअनुसार प्रचार गर्न पनि बोर्ड चुकेको अनुभव हुन्छ । बोर्डलाई अस्तव्यस्त बनाउने एउटा कारण राजनीति पनि हो । समूहमा मिलेर काम नगर्ने अनि आआफ्नो स्वार्थअनुरूप काम गर्ने पर्यटन व्यवसायीहरूको कारण पनि बोर्ड प्रभावकारी बन्न नसकेको हो । पर्यटन व्यवसायमा लाग्ने र बोर्डमा प्रतिनिधित्व गर्नेहरू धेरैजसो उच्च व्यक्तिहरू नै छन् । उनीहरूले सीईओ र सचिवलाई उचित सुझाव दिएको भए र सही काम गर्न बाध्य पारेको भए पनि बोर्ड प्रभावकारी हुन्थ्यो । काम गर्ने इच्छाशक्ति नहुँदा र बोर्डलाई हाँक्न धेरै बोर्ड सदस्यले प्रतिनिधित्व नगर्दा यो अवस्था आएको हो । यस्तो परिणाममुखी काम नगर्ने बोर्ड किन आवश्यक पर्‍यो भन्ने प्रश्न पनि उठ्न थालेको छ । तैपनि प्रवद्धर्नात्मक काम गर्न एउटा सशक्त र निजीक्षेत्रको प्रतिनिधित्व भएको संस्था उपयुक्त हुन्छ । यसको काम बोर्डले गर्न सक्छ । बोर्डमा आउने व्यक्तिहरूमा व्यवसाय र आफ्नो कर्तव्यप्रति जिम्मेवारीबोध भएमा बोर्डलाई निकै प्रभावकारी बनाउन सकिन्छ । यसलाई बलियो बनाएर आफ्नो उद्देश्यमा सफल बनाउन सरकार, व्यवसायी सबैले बोर्डलाई घचघच्याउनुपर्छ र गलत गर्ने वा काम नगर्नेलाई पदबाट हट्नुपर्ने बाध्यता सृजना गर्नुपर्छ । विवादित व्यक्ति र योजनाविहीन व्यक्तिलाई बोर्डमा ल्याउनै हुँदैन । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

अजिरकोटमा पर्यटन सम्भावना

अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमीटर रहेको छ । यो गाउँपालिका समुद्र सतहदेखि करीब ३०० मि. देखि ८००० मि. सम्म रहेको छ । गाउँपालिकाको कुल जनसंख्या पछिल्लो जनगणनाअनुसार १४,८०२ रहेको छ । अजिरकोट दरौंदी नदीय पूर्वी पाटो र चेपे नदीतर्पmको पश्चिमी पाटोको ठीक मध्यविन्दु डाँडामा अवस्थित छ । यो ऐतिहासिक, सामाजिक, राजनीतिक, धार्मिक, भौगोलिक, सामरिक धरोहरका रूपमा प्रसिद्ध गढी हो । यहाँको चेपे तथा दरौदी नदी धार्मिक, कृषि, सिँचाइ, जलविद्युत् आदिबाट महत्त्वपूर्ण छन् । थेरै समथर टारहरू र अधिकांश पहाड हरियाली वातावरण र हावापानी रहेको जैविक विविधताले भरिपूर्ण यस गाउँपालिका हावापनीको दृष्टिले मात्र होइन, सांस्कृतिक दृष्टिले समेत सबै जातजाति वर्ग र समुदायका सयुक्त बसोवास रहेको छ । थोरै समथर टारहरू र अधिकांश पहाडी हरियाली वातावरण र हावापानी रहेको, जैविक विविधताले भरीपूर्ण यो अजिरकोट गाउँपालिका हावापानीको दृष्टिले मात्र होइन, सांस्कृतिक दृष्टिले समेत विविधता र सम्भावनाले भरिपूर्ण रहेको छ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासीक एवं धार्मिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको छ । गोरखा जिल्लामा प्राचीन ३८ कोटहरू छन् त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडीक्षेत्र, दूधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिलिगकोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् । दूधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा धार्मिक मेला लाग्ने गर्छ । दूधपोखरी र नारदपोखरी माथिसम्म पनि भेडाखर्क देखिन्छ । हिमाली क्षेत्र जडीबुटीको खानी हो । यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचऔंले, नीरमसी, जटामसी, भुतकेश, यार्सागम्बा, पाखनभेद, रथविरथजस्ता अनगिन्ती जडीबुटी पाइन्छ । अजिरकोट क्षेत्रमा खनिज, जडीबुटी, पशुपन्छी, वन्यजन्तु, नदीनाला, ताल तथा सिसा, फलाम, स्लेट, ढुङ्गाखानीहरूजस्ता प्राकृतिक स्रोतसाधन छन् । अजिरकोट क्षेत्रको मार्गबाट हरियाली, माडी, पोखरी, खर्कका भेडीगोठ र हिमाली दृश्यको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वाभाविक नै हो । अजिरकोटबाट मनास्लु, हिमालचुली, बौद्धनाथ, मनास्लु उत्तर, रउला हिमाल, शृंगी हिमाल आदि साथै नागबेली आकारमा चेपे र दरौंदी खोला तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आप्mनै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ । हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाँटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, रोदी, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्रा≈मण–क्षत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, वेशभूषा, लोकपरम्परा, कलाकौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आप्mनै निजी सम्पत्ति हुन् । अजिरकोट छेउछाउमा अनगिन्ती मठमन्दिर छन्, उदाहरणको रूपमा कालिका मन्दिर (अजिरकोट), भच्चेककी देवी (भच्चेक), झ्याल्लाका भुमे, अलका–विन्ध्यवासिनी (धादिङगरा), बौद्धगुम्बा (बुद्धसिङ), रामपाध्याय स्थानी (डिहीटार), पयूँबोटे देवी (लप्सीबोट), शिवालय मन्दिर (देउराली–बुद्धसिङ–टार), शिवालय मन्दिर (काफलडाँडा), शिवालय मन्दिर (ठासस्वाँरा–काफलडाँडा), खरिबोट, धादिङघरा, बतासे, मुलडाँडा, सुँगुरे, अपुन, भिरकुना, सिरनडाँडा (माने र गुम्बा) घ्याचोक, धनसिरा, मुच्चोक, माल्ले, फल्पु, झ्याँवा, सिमजुङ, खरिबोटमा अवस्थित विभिन्न देवीदेवताका भूमेस्थान, मन्दिर आदि अनगिन्ति धरोहरका रूपमा छन् । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस अजिरकोट गाउँपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटनको सम्भावना भए पनि त्यसअनुसार पूर्वाधार निर्माण हुन सकेको छैन । त्यस्तै प्रचारप्रसारको पनि कमी रहेको छ । यस क्षेत्रमा पदयात्राको राम्रो सम्भावना छ । यसका लागि यस क्षेत्रमा ट्रेकिङ ट्रेल बनाइनु आवश्यक छ । त्यस्तै होटेल तथा अन्य पूर्वधार पनि उत्तिकै आवश्यक छ । यसरी यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सके स्थानीय स्तरमा रोजगारी सृजना हुन्छ । पर्यटनबाट वैदेशिक मुद्रा आर्जन हुनुका साथै स्थानीय नागरिककको जीविकोपार्जनमा पनि ठूलो टेवा पुग्ने छ । होमस्टे सञ्चालन गरी यहाँको सांस्कृतिक पक्षलाई पर्यटनसँग जोड्न सके दिगो पर्यटनको आधार तय हुन सक्छ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । यसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरि नमूनाको रूपमा अजिरकोट क्षेत्रलाई विकास गर्न सकिन्छ । यातायातको विकास सँगसँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । माथि उल्लेख गरे जस्तै मित्रराष्ट्र भारतको दार्जलिङभन्दा कैयौं गुण सुन्दर छ, यो क्षेत्र । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्नेछ । नेपालको भौगोलिक बनोट नै पर्यटक आगमनका लागि प्रमुख पूर्वाधार हो भन्न सकिन्छ जुन प्रकृतिले नै दिएको छ । त्यसमा केही सामान्य लगानी थप्नेबित्तिकै पर्यटनका लागि बलियो आधार तय हुन्छ । यसतर्फ स्थानीय बासिन्दा तथा स्थानीय सरकारको पनि ध्यान जानु आवश्यक छ । लेखक गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनबारे सरोकारवालाहरूको भनाइ

साल्ट ट्रेडिङमार्फत काम गर्न पाउँदा निकै गर्व लाग्छ स्व. ईश्वरलाल श्रेष्ठ पूर्व निर्देशक तथा सञ्चालक, साल्ट ट्रेडिङ कर्पोरेशन नुनको व्यापार गरेको नाताले साल्ट ट्रेडिङमा डाइरेक्टर हुने मौका पाएँ । नुनकै व्यापार गरेकाले साल्ट ट्रेडिङ स्थापना गर्ने बेला हामीलाई शेयर लिन बोलाइएको थियो । त्यसबेला २५ हजार रुपैयाँ शेयर हालियो । म चेम्बरमा तलदेखि माथिसम्म पुगेको थिएँ । साल्ट ट्रेडिङमा लागेपछि सञ्चालक भएँ । त्यसपछि नेपाल वनस्पति घिउ फ्याक्ट्रीको उपाध्यक्ष र मैदा उत्पादन गर्ने उद्योगको अध्यक्षसम्म भएँ । साल्ट ट्रेडिङ अन्तर्गत अहिले खुलेको ग्यास उद्योगको पनि अध्यक्ष भएको छु । सर्वसाधारणको तर्फबाट रबर फ्याक्ट्रीको सञ्चालक समेत छु । साल्ट ट्रेडिङमार्फत वनस्पति घिउ उद्योग, मैदा मिल, रबर फ्याक्ट्री आदि सञ्चालन गर्दा निकै गर्व लाग्छ । मुलुकका लागि र सारा जनाताको हितमा काम गरिरहेको छु । अहिले ५०/६० वर्ष पुगेका साथीहरूले के काम गर्दै छौ भनेर सोध्दा तिमीहरूलाई खुवाउने काम गर्दै छु भन्थेँ । (रेडियो सगरमाथाका लागि वरिष्ठ पत्रकार भैरव रिसालले सञ्चालन गरेको ‘उहिले बाजेका पालामा’ कार्यक्रममा प्रसारित स्व. ईश्वरलाल श्रेष्ठको अन्तरवार्ताबाट साभार गरिएको । सो अन्तरवार्ता उनको स्मृतिमा कर्पोरेट बिजनेश म्यागेजिनले छापेको पुस्तकमा प्रकाशित छ ।’) संस्थानलाई दीर्घकालसम्म सञ्चालन गर्न राज्यको सहयोग चाहिन्छ आनन्दप्रसाद ढुंगाना पूर्वमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हामीसँग धेरै संस्थान भए । तर राम्रोसँग काम गर्न सक्ने कम छन् । राम्रो गर्नेमध्येको एक हो साल्ट ट्रेडिङ कर्पोरेशन । म मन्त्री हुँदा चिनीको हाहाकार भएका बेला संस्थानले सस्तो र सर्वसुलभ रूपमा आपूर्ति गरेर ठूलो सहयोग पु¥याएको थियो । मेरै कार्यकालमा जापान सरकारले सहयोग गरेको रू. ८ करोडको गोदामको व्यवस्था गरिदियौं । त्यतिबेला अरू संस्थानलाई छाडेर साल्ट ट्रेडिङलाई नै दिनुको कारण उसले व्यवस्थित रूपमा गोदामको उपयोग गर्न सक्छ भनेर नै हो । यो संस्थानलाई दीर्घकालसम्म सञ्चालनका लागि राज्यको सहयोग चाहिन्छ । आयोडिनयुक्त नुनबाट कारोबार शुरू गरेको संस्थानले नेपालमा खासगरी गलगाँड जस्तो ठूलो रोग उन्मूलनमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसलाई हामीले बिर्सनु हुँदैन । अहिले पनि संस्थानलाई गोदामको समस्या छ । यसको व्यवस्थापनमा राज्य नै लाग्नुपर्ने देखिन्छ । शेयर विवाद पनि लामो समयदेखि चलिरहेको छ । सरकारले अनुदानलाई पूँजीमा रूपान्तरण गर्न खोज्नु संस्थानलाई डुबाउने प्रयास गर्नु हो । त्यसो गरिनु हुँदैन । यसमा यथाशीघ्र निकास खोजिनुपर्छ । सरकारले नुन ढुवानीका लागि अनुदान दिने गरेको छ । दुर्गमका लागि दिने गरिएको ढुवानी अनुदानलाई निरन्तरता दिइनुपर्छ । साल्ट ट्रेडिङलाई हस्तक्षेपविना काम गर्न दिइनुपर्छ सुनीलबहादुर थापा पूर्वमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति सरकारी र निजीक्षेत्रको संयुक्त पहलमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन आफ्नो सेवामार्फत आम उपभोक्ताको विश्वास जित्न सफल छ । नुनबाट व्यापार शुरू गरेर खाद्यवस्तु र ग्यास समेत सहज रूपमा विक्री गर्न सक्नु संस्थाको सकारात्मक पाटो हो । आयोडिनयुक्त नुन नेपालका विकट ठाउँमा पु¥याउन संस्थाको नेटवर्किङ चुस्त छ । अर्को महŒवपूर्ण पक्ष त यो संस्था महिलाको नेतृत्वमा हाँकिएको छ, जुन अन्य महिलाका लागि पनि उदाहरणीय छ । दशैं, तिहारका बेला चिनीको हाहाकार हुने गरेकोमा संस्थानले सर्वसुलभ हिसाबले यसको विक्री गर्दै आएको छ । यसबाट आम उपभोक्ता लाभान्वित हुने गरेका छन् । दशैं, तिहारमा मात्रै नभई अरू बेला पनि यसलाई निरन्तरता दिन सरकारको साथ र समन्वयको खाँचो देखिन्छ । बेलाबेला ग्यासको अभाव हुँदा समेत संस्थाले सुलभ रूपमा विक्री वितरण गर्दै आएको छ । यो निकै सकारात्मक छ । संस्थालाई अझै सुढृढ नेटवर्किङका साथ अघि बढाउने हो भने भोलिको दिनमा कुनै संकट आइपर्दा आपूर्ति व्यवस्थापन प्रभावित हुन पाउँदैन । साल्ट टे«डिङलाई अघि बढाउने सन्दर्भमा मन्त्रालय, मन्त्रीबाट अनावश्यक हस्तक्षेप गरिनुहुन्न । यसलाई पारदर्शी रूपमा अघि बढाउनुपर्छ । महामारी तथा संकटका बेला ठूलो भरथेग बनेको छ लेखराज भट्ट पूर्वमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अनुदानमा नुन दुर्गमसम्म पुर्‍याउनेदेखि खाद्य सामग्री विक्री गर्नेसम्मको कार्यमा सल्ट ट्रेडिङले विगतदेखि नै काम गरिरहेको छ । यो सराहनीय छ । बजारमा महँगी, कालोबजारी हुँदा, महामारी तथा संकटका बेला राज्यले साल्ट ट्रेडिङलाई प्रयोग गर्दै आएको छ । यो निकायलाई सरकारले हस्तक्षेपकारी निकायको रूपमा प्रयोग गर्दै आउनु राम्रो पक्ष हो । यसले बजारमा हुने विकृति रोक्न ठूलो मद्दत पुगेको छ । साल्ट ट्रेडिङको आन्तरिक तथा बाह्य व्यापारिक सम्बन्धको सञ्जाल पनि ठूलो छ, जसकारण उसले आवश्यक सामग्रीको जोहो गर्दै छिटो, छरितो ढुवानी र आयातित वस्तुको व्यवस्थापनमा सफलता पाएको छ । साल्ट ट्रेडिङलाई अझ बलियो संस्थाको रूपमा अघि बढाउन हिजोका दिनमा भए/गरेका कामहरूको समीक्षा गरी थप योजना तय गर्नुपर्छ । संकटका बेला संस्थाले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ दीपक सुवेदी पूर्व सञ्चार सचिव साल्ट ट्रेडिङ ५८ वर्षको परिपक्व अवस्थामा पुग्नुको पछाडि तीनओटा पक्ष एकदमै मजबूत छन् । बोर्ड एकदम पेशागत छ, जहाँ विज्ञ व्यक्तिहरू हुनुहुन्छ । अर्को व्यवस्थापन हो । सीईओ उर्मिला श्रेष्ठ व्यवस्थापनको शीर्ष पदमा भए पनि सामान्य कामका लागि समेत आफै खट्नुहुन्छ, जुन निकै सकारात्मक पक्ष हो । संस्थाको बलियो अर्को पक्ष त्यहाँका कर्मचारी हुन् । मैले धेरै संस्थाहरू हेर्ने मौका पाएकोमा अन्य संस्थामा ट्रेड युनियनले विभिन्न आन्दोलन गरेर संस्थालाई अघि बढ्न दिइरहेका हुँदैनन् । तर साल्ट ट्रेडिङका कर्मचारी पनि दिलोज्यान दिएर संस्थालाई अघि बढाउन लागिपरेका छन् । साल्ट ट्रेडिङले प्रत्येक घरमा आयोडिनयुक्त नुन पुर्‍याएको छ । व्यवसायलाई सेवाको रूपमा अँगालेर आयोडिनयुक्त नुन आम उपभोक्ताको पहुँचमा पुर्‍याएकाले पनि संस्था यो उचाइमा पुगेको हो । मुलुकभर यसको आपूर्ति व्यवस्था अति चुस्त छ । संस्थाले करीब एक वर्षलाई पुग्ने आयोडिन नुनको मौज्दात राखेको हुन्छ । साथै गुणस्तरीय खाद्यवस्तु विक्री, सुपथ मूल्य पसल सञ्चालन लगायत कारणले पनि संस्था लोकप्रिय छ । विगतमा अभावका बेला समेत व्यवस्थित रूपमा ग्यास आपूर्ति गरेर संस्थाले ठूलो संकट टारेको छ । यस्तै मैदा पनि आफै उत्पादन गरेर बजारमा पुर्‍याइरहेको छ । चिनी र मल सर्वसुलभ रूपमा बेच्ने गरेको छ । यो पनि संस्थाले गरिरहेको महत्त्वपूर्ण योगदान हो । उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न सक्ने भएकाले साल्ट ट्रेडिङ यो स्थानमा छ । यी सबै हिसाबले शेयर बजारमा आज साल्ट ट्रेडिङको जुन हैसियत छ, त्यसबाट पनि संस्थाको उचाइ थाहा हुन्छ ।

आकर्षणको कसीमा गढी पर्यटन

पर्यटनका विभिन्न क्षेत्र छन्, अनेक आयाम उद्घाटित भइरहेका पनि छन् र यस दिशामा बिर्सनै नहुने एक अविस्मरणीय पाटो हो– गढी पर्यटन । गढी पर्यटन आन्तरिक पर्यटकका लागि मात्रै होइन, बाह्य पर्यटकका लागि पनि उत्तिकै महŒवपूर्ण छ । प्रकृतिमा रम्न चाहनेका लागि हिमाल, ताल, जैविक विविधता आदिको प्राचुर्य रहेझैँ ऐतिहासिक, पुराताŒिवक, सामरिक सम्पदा तथा प्राचीन मूल्य–मान्यता र कलाकौशलमा रम्न चाहने वा तिनको अध्ययन, अनुसन्धान गर्न मरिमेट्नेका निम्ति यहाँ अनुपम गढी रहेका छन् । सुरक्षाका निम्ति बनाइएका गढीलाई गढ, किल्ला, दुर्ग, कोट, क्वाथ (नेवारीमा) आदि पनि भनिन्छ । नेपालका प्रायः सबै जिल्लामा गढी रहेका छन् । कतिपय जिल्लामा अनेक गढी छन् । मुलुकभरि ठूला र साना गरी १५ सयभन्दा अधिक गढी रहेको आँकलन छ । सिन्धुलीगढी, हरिहरपुरगढी, पौवागढी, बारागढी, पर्सागढी, अमरसिंहगढी, कोडकटेनीगढी, हलेसीगढी, तोलोवागढी, बुडनामगढी, च्यानामगढी, भोल्टेकोटगढी, छान्नागढी, जोरायलगढी÷चिलगढी, बयलकाँढागढी, चैनपुरगढी, शिवगढी, शिवपुरगढी, समदागढी, सिलगढी, गमगढी, विजयपुरगढी, पलाञ्चोकगढी, जितगढी, रसुवागढी, मकवानपुरगढी, चिसापानीगढी, लिगलिगकोटगढी, काभे्रगढी, दुगुनागढी, उपरदाङगढी, अमरगढी, चौदण्डीगढी, हतुवागढी, उदयपुरगढी, कपनगढी, दैलेखगढी÷कोतगढी, दुल्लुगढीलगायत विभिन्न गढी रहेका छन् । यसैगरी सिमरौन गढ, नारायणगढ, धैबुङकोट, धादिङकोट, रामकोट, फिर्केपकोट, सल्यानकोट, राम्जाकोट, भैरमकोट, बेलकोट, मालकोट, धुवाकोट, नुवाकोट, (स्याङ्जा र अर्घाखाँचीमा पनि नुवाकोट छन्) सिमीकोट, अजमेरकोट, गोर्खाको उपल्लोकोट, पाल्पाको पुरानोकोट, अर्घाकोट, खाँचीकोट, चरीकोट, चौक्वाथ (चारपाटे किल्ला), नगरकोट, कास्कीकोट, ब्युहुँकोट, कुल्लेकोट, कालिकोट, तिब्रीकोट आदिले गढी सम्पदाको व्यापकता दर्शाएका छन् ।

भूराजनीतिक बहसमा भुलेको पाटो

जतिबेला बाह्य तत्त्व (परिस्थिति)ले आन्तरिक राजनीति अथवा आन्तरिक राजनीतिक कारणले बाह्य तत्त्व प्रभावशाली हुन जान्छन्, यसलाई व्यवस्थापन गर्न सकिएन भने आन्तरिक राजनीति मात्र होइन, सम्पूर्ण राष्ट्र नै संकटतिर धकेलिने सम्भावना हुन्छ ।

वैदेशिक सहायताको वास्तविक पाटो - Karobar National Economic Daily

नेपालको समग्र विकास प्रक्रिया हाम्रो आफ्नो आन्तरिक स्रोतसाधनमा भन्दा बाह्य सहयोगमै अडिएको छ भन्नेमा सायदै दुईमत होला । गत आर्थिक वर्ष ०७२/७३ कै उदाहरण लिने हो भने आन्तरिक राजस्व कुन…