नेपाली प्रविधि र ढर्राको ऐतिहासिक साँङ्ले पुल संरक्षणको पर्खाइमा

चैत ६, काठमाडौं। दोलखा जिल्लाको विगु  र  गौरीशंकर गाउँपालिका जोड्ने ऐतिहासिक झोलुङेपुल अनौठो त छँदै छ नेपाली इतिहासको गतिलो अवशेष पनि हो ।  यो नेपालको पुरानो र आफ्नै ढर्राको इञ्जिनीयरिंगको एक नमूनाका रुपमा  पनि रहेको छ । अपर तामाकोशी हाइड्रोपावर जाने बाटोमा पर्ने यो पुल देख्दा जति आकर्षक छ, यसको ऐतिहासिक पाटो पनि उत्तिकै रोचक छ । फलामको चार ओटा सिक्रिमा झुण्डिएको पुलमा फलामकै यू आकारको बार लगाइएको छ । सोहि यू आकारमा रहेको फलामे तारमा काठको फ्ल्याक राखिएको छ । करीब ४० मिटर लामो यो पुल प्रेगराज पण्डितले बनाएको हुन् भन्ने सुनेको तर कसले बनाएको हो भन्ने खास्सै जानकारि नभएको स्थानीय बृद्ध दल बहादुर खड्काले बताए ।   तत्कालिन समयमा दोलखाको ठोसेमेक्चान भन्ने स्थानमा भएको फलाम खानीबाट ५०० धार्नी फलाम ल्याएर स्थानीय आरनमा नै फलाम पिटेर लामा लामा फलामे सिक्री बनाई झोलुङेपुल बनाइएको थियो । पुल जिरीका कालिगढ ल्याएर बनाइएको उनको भनाइ छ । जिल्लाको जामुने भन्ने स्थानमा विसं २००३ सालमा निर्माण गरिएको यो पुल २०७७ सालसम्म सञ्चालनमा थियो । राणाकालमै बनेको पुल यात्रा गर्न नसकिने गरी अहिले जिर्ण अवस्थामा छ । पुलको पुनर्निर्माण स्थानीय समाजसेवी देबराज आचार्य र दिव्यधोज आचार्यले गर्नलागेको जानकारी पाएको पनि खड्काले बताए ।   साविककै स्वरुपमा निर्माण गर्न लागिएको यो झोलुङे पुलको पुनर्निर्माण र संरक्षण हुन सके भावि पुस्ताले समेत नेपालको ऐतिहासिक यातायातका यस्ता प्रविधिको बारेमा जानकारि पाउन सक्ने स्थानीयको भनाइ छ । साथै यसको प्रचार प्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटकसमेत बढाउन सकिने देखिन्छ । यसमा स्थानीय सरकार र सरोकारवालाको ध्यान जान जरुरि रहेको छ । 

सम्बन्धित सामग्री

पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरिने

सडक विभागले पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरेर पुललाई अझै आकर्षक र टिकाउ बनाउने तयारी गरेको छ। यसका लागि विभागले डिजाइन एन्ड एड्भान्स टेक्नोलोजी सेल ( डिएटिसी) बनाएको छ।...

पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरिने

सडक विभागले पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरेर पुललाई अझै आकर्षक र टिकाउ बनाउने तयारी गरेको छ। यसका लागि विभागले डिजाइन एन्ड एड्भान्स टेक्नोलोजी सेल ( डिएटिसी) बनाएको छ।...

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

गलेश्वर – विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका -२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको […]

मर्मतको पर्खाइमा छ १ सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ ।

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ ।एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो ।  बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा का

१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ। म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।...

१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

७ असोज, गलेश्वर । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका […]

पुल भासिनुको कारण खोज्दै संसदीय समिति

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले पुल भासिनुको कारण खोज्‍ने निर्णय गरेको छ । यसका लागि समितिले स्थलगत अध्ययन टोली गठन गर्ने निर्णयसमेत गरेको हो । आइतबार बसेको समिति बैठकले सरकारलाई मनसुनी...

सडक विभागले हावाले पक्की पुल उडाएको सुनाएपछि सांसदहरू आश्चर्यचकित !

सडक विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका  छन् । आइतबार संसद्को विकास तथा प्रविधि समितिमा वर्षाले क्षति पुर्‍याएको सडक पुल र कमला नदीको पुलमा भएको क्षतिबारे भएको छलफलमा सडक विभागको कुरा सुनेपछि  उनीहरूले आश्चर्य व्यक्त गरेका हुन् । छलफलमा सडक विभाग पदाधिकारीले क्षतिग्रस्त पुल तथा सडकको बारेमा जानकारी गराएका थिए । उनीहरूले पृथ्वी राजमार्ग जोड्ने पुल हावाले उडाएको जानकारी गराएका थिए । सांसदहरू कमला रोका र म

कीर्तिपुर र चन्द्रागिरि जोड्ने दीखु पुल उद्घाटन

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को  (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरे।