बेकामे पर्यटन बोर्ड

नेपालको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सरकार र निजीक्षेत्रको साझेदार संस्थाका रूपमा खडा गरिएको नेपाल पर्यटन बोर्डले अपेक्षाअनुसार काम गर्न सकेको छैन । त्यसमा पनि कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सबैभन्दा बढी क्रियाशील हुनुपर्ने यो संस्था अहिले निष्क्रिय जस्तै छ । कोरोनाको महामारी अन्त्य हुने लक्षण देखा पर्दै जाँदा पर्यटनलाई गति दिन प्रचारप्रसारको नयाँ रणनीति अपनाउनुपर्नेमा उल्टै नेतृत्वविहीन बनेर कामविहीन बनेको छ । त्यसैले यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । बोर्डको कार्यकारी प्रमुख बन्नका लागि निकै दौडधुप गर्ने तर प्रभावकारी रूपमा पर्यटन प्रवर्द्धनका योजना बनाउने नसक्ने प्रमुख पाउनु यसको नियति नै बनेको छ । बोर्डलाई चलायमान बनाउने प्रमुख व्यक्तिको क्षमता र नियतिमाथि नै टीकाटिप्पणी हुने गरे पनि सही र योग्य व्यक्ति ल्याउन सार्थक पहल भएको देखिँदैन । कोभिड–१९ ले गर्दा २ वर्षदेखि बाह्य पर्यटको आगमन करीब- करीब ठप्प छ । पर्यटक आगमन ठप्प हुँदा बोर्डले पाउने बजेटको आकार पनि घटेको छ । त्यसैले अहिले स्रोत व्यवस्थापनमा समेत दबाब परेको छ । तैपनि बोर्डले आफूसँग भएको आन्तरिक स्रोतसाधनको उच्चतम परिचालन गर्न सकेको छैन । बोर्डको स्रोत भनेको सरकारी अनुदान र विभिन्न पर्यटकीय संघसंस्थाबाट प्राप्त हुने रकम हो । यो रकम पर्यटनको प्रवर्द्धनका लागि खर्च हुनुपर्ने हो । दुर्भाग्य, कोरोनाका कारण थलिएको पर्यटनलाई पुनर्जीवन दिन आवश्यक प्रवर्द्धनात्मक कार्य गर्न सकेको छैन । भएका काम पनि परिणाममुखी देखिएका छैनन् । यस्तोमा बोर्ड प्रमुखविहीन हुँदा कामै नहुनु स्वाभाविक हो । बोर्डमा केही पदाधिकारीले राजीनामा दिएका छन् । बोर्डका प्रमुख कारबाहीमा परेका छन् । बोर्डलाई यसरी नै लथालिंग छाड्ने हो र यसको जिम्मेवारी र कार्य क्षमतामा सुधार नल्याउने हो भने पर्यटनको पुनरुद्धार अभैm ढिलो हुन सक्छ । त्यसैले सरकारले तत्कालै योजना र लक्ष्य लिएको योग्य व्यक्तिलाई बोर्डमा नियुक्ति दिन ढिला गर्नु हुँदैन । कोरोना भाइरस संक्रमण महामारीका कारण झन्डै डेढ वर्षदेखि पर्यटन क्षेत्र शिथिल बनेको छ । यो अवस्थामा सरकार र नेपाल पर्यटन बोर्डले अघि सार्ने योजना र कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुत्थान निर्भर रहन्छ । विश्वभरि नै पर्यटन व्यवसाय निकै घटेको छ । तर, अन्य देशले तीव्र गतिमा फरक रणनीति र प्रर्वद्धनात्मक एवं प्रचारात्मक कार्य थालेकाले अहिले तिनीहरू बिस्तारै तंग्रन थालेका छन् । नेपालको अवस्था भने उल्टो छ भन्दा हुन्छ । अहिले ओमिक्रोन भेरिएन्टको संक्रमण पनि मत्थर भइसकेको छ । खोप पनि अत्यधिकले लगाइसकेका छन् । पर्यटकहरू फाट्टफुट्ट देखापर्न थालेका छन् । यही बेला बोर्डको भूमिका बढी आवश्यक छ । बोर्डले व्यवसायीहरूसँग अन्तरक्रिया गरेर कुन कुन क्षेत्रमा कसरी प्रवर्द्धनात्मक कार्य गर्दा बढी प्रभावकारी हुन्छ भनेर योजना बनाई तत्कालै कार्यान्वयनमा जानुपर्छ । पर्यटन बोर्डले विगतमा अध्ययन–अनुसन्धान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मेला–महोत्सवमा बजेट छुट्ट्याउने गथ्र्यो । पर्यटन बोर्डको उद्देश्य अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्नु हो । पर्यटनसँग सम्बद्ध नीति बनाउन पनि उसको भूमिका हुन्छ । उसले सरकार र निजीक्षेत्रलाई जोड्न पुलको काम गर्न सक्छ । बोर्डको काम समग्र पर्यटन प्रवर्द्धनका गतिविधि गर्नु हो । तर, जे परिकल्पना गरेर ऐन, विधान निर्माण गरियो, त्यसअनुसार बोर्डले काम नै गर्न सकेको छैन । सोच र योजना राम्रो आए पनि कार्यान्वयनको पाटो कमजोर भयो । त्यही भएर स्थानीय मेलामहोत्सवमा खर्च गरेर बजेट सक्ने काम भएको छ जुन गलत हो । अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्न भएको खर्चको प्रतिफलबारे बोर्डमा छलफल नै भएको पाइँदैन । त्यसबारे अध्ययन पनि भएको छैन । त्यो कति प्रभावकारी भयो, कति फाइदा भयो, अर्कोपटक लगानी गर्ने कि नगर्ने भन्ने विषयमा बोर्डले गम्भीर भएर अध्ययन गर्नुपर्ने हो । फलदायी नभएको कामहरू रोकेर नयाँ खालको प्रचार नीति ल्याउनुपर्ने हो । त्यस्तो भएको पनि पाइँदैन । पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव हुने व्यवस्था छ र सचिव फेरिएसँगै अध्यक्ष फेरिइहाल्नाले पनि बोर्डले राम्ररी काम गर्न नसकेको हो । बोर्डका सीईओ विवादमा तानिँदा पनि कार्यान्वयन पक्ष असाध्यै फितलो भयो । नेपालमा कस्ता पर्यटक आए, कति पर्यटक आए, त्यसको तथ्यांकसमेत बोर्डसँग भएको पाइँदैन । यस्तो तथ्यांकविना गरिने प्रचारकै कारण पनि फलदायी परिणाम नआएको हो । नेपालका लागि कुन बजार बढी उपयुक्त छ भनेर त्यसअनुसार प्रचार गर्न पनि बोर्ड चुकेको अनुभव हुन्छ । बोर्डलाई अस्तव्यस्त बनाउने एउटा कारण राजनीति पनि हो । समूहमा मिलेर काम नगर्ने अनि आआफ्नो स्वार्थअनुरूप काम गर्ने पर्यटन व्यवसायीहरूको कारण पनि बोर्ड प्रभावकारी बन्न नसकेको हो । पर्यटन व्यवसायमा लाग्ने र बोर्डमा प्रतिनिधित्व गर्नेहरू धेरैजसो उच्च व्यक्तिहरू नै छन् । उनीहरूले सीईओ र सचिवलाई उचित सुझाव दिएको भए र सही काम गर्न बाध्य पारेको भए पनि बोर्ड प्रभावकारी हुन्थ्यो । काम गर्ने इच्छाशक्ति नहुँदा र बोर्डलाई हाँक्न धेरै बोर्ड सदस्यले प्रतिनिधित्व नगर्दा यो अवस्था आएको हो । यस्तो परिणाममुखी काम नगर्ने बोर्ड किन आवश्यक पर्‍यो भन्ने प्रश्न पनि उठ्न थालेको छ । तैपनि प्रवद्धर्नात्मक काम गर्न एउटा सशक्त र निजीक्षेत्रको प्रतिनिधित्व भएको संस्था उपयुक्त हुन्छ । यसको काम बोर्डले गर्न सक्छ । बोर्डमा आउने व्यक्तिहरूमा व्यवसाय र आफ्नो कर्तव्यप्रति जिम्मेवारीबोध भएमा बोर्डलाई निकै प्रभावकारी बनाउन सकिन्छ । यसलाई बलियो बनाएर आफ्नो उद्देश्यमा सफल बनाउन सरकार, व्यवसायी सबैले बोर्डलाई घचघच्याउनुपर्छ र गलत गर्ने वा काम नगर्नेलाई पदबाट हट्नुपर्ने बाध्यता सृजना गर्नुपर्छ । विवादित व्यक्ति र योजनाविहीन व्यक्तिलाई बोर्डमा ल्याउनै हुँदैन । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।  

सम्बन्धित सामग्री

जाँदाजाँदै पर्यटन बोर्ड सीईओ रेग्मीको अर्को बदमासी

कुनै पनि प्रवर्द्धनका काम गर्न कुन कार्यविधिबाट कति रकम खर्च गर्ने भन्ने टुंग्याउन पर्यटन बोर्ड सञ्चालक समितिको अनुमति लिनुपर्ने हुन्छ । तर, सीईओ रेग्मीले नियम लत्याएका छन् ।

पर्यटन बोर्ड र नाराबीच सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्षदेखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु गरेको छ । जसमा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)बीच तालिम सञ्चालनका लागि सोमबार सम्झौता भएको हो । सम्झौता अनुसार नाराले त्रिसुली, भोटेकोशी र […]

लुम्बिनी प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी

लुम्बिनी प्रदेश सरकारले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी सुरु गरेको छ । त्यसका लागि विभिन्न प्रक्रिया सुरु  भएको अव छिटै बोर्ड गठन हुने पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले  बताए ।नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरू ड्राफ्ट गर्ने काम भइरहेको बताउँदै सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याइने बताए ।उनल

पर्यटन बोर्ड खारेज गर्ने प्रदेश सरकारको निर्णयमा उच्च अदालतबाट कारण देखाउ आदेश

उच्च अदालत विराटनगरले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने प्रदेश सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलाशले बोर्ड खारेज गर्नुको कारण माग गर्दै प्रदेश सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेश पर्यटन बोर्ड र बोर्डमा मनोनित सबै पदाधिकारी समेतलाई खारेज गरी पर्यटन क्षेत्रलाई अन्याय गरिएको भन्दै प्रदेश सरकारको निर्णय खारेजीको माग गर्दै बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरले आइतवार उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिट निवेद...

सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज

विराटनगर, मंसिर १५। प्रदेश १ का तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले गठन गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरिएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले बनाएका दुवै संरचना खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावली स्वीकृति प्रदान गरेको […]

प्रदेश १ : प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्व सरकारले अघिल्लो सरकारले निर्णय गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले निर्णय गरेका दुवै संरचना खारेज गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावली स्वीकृत गरेको छ। यो निर्णयसँगै उपाध्यक्ष फणिन्द्र अधिकारी समेत सबै सदस्य स्वतः पदमुक्त भएका छन्।यसैगरी सोही बैठकले प्रादेशिक सञ्चार

सरकारले खारेज गर्‍यो सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड

१ नम्बर प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गठन गरेका प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । यससँगै पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीसहित अन्य सदस्यहरू पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले अधिकारीलाई उपाध्यक्ष र सदस्यहरूमा  देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थ...

पर्यटन बोर्ड र टानबीच सम्झौता

कोरोनाका कारण ट्रेकिङ क्षेत्रमा रोजगारी गुमाएकाहरुले ४० दिनको रोजगारी प्राप्त गर्ने भएका छन् । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने गरी सम्झौता भएको हो ।बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने गरी ४० दिनको रोजगारी दिने सम्झौता भएको हो । कार्यक्रममा बोर्डका […]

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी दिने तयारी

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभ