अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमीटर रहेको छ । यो गाउँपालिका समुद्र सतहदेखि करीब ३०० मि. देखि ८००० मि. सम्म रहेको छ । गाउँपालिकाको कुल जनसंख्या पछिल्लो जनगणनाअनुसार १४,८०२ रहेको छ । अजिरकोट दरौंदी नदीय पूर्वी पाटो र चेपे नदीतर्पmको पश्चिमी पाटोको ठीक मध्यविन्दु डाँडामा अवस्थित छ । यो ऐतिहासिक, सामाजिक, राजनीतिक, धार्मिक, भौगोलिक, सामरिक धरोहरका रूपमा प्रसिद्ध गढी हो । यहाँको चेपे तथा दरौदी नदी धार्मिक, कृषि, सिँचाइ, जलविद्युत् आदिबाट महत्त्वपूर्ण छन् । थेरै समथर टारहरू र अधिकांश पहाड हरियाली वातावरण र हावापानी रहेको जैविक विविधताले भरिपूर्ण यस गाउँपालिका हावापनीको दृष्टिले मात्र होइन, सांस्कृतिक दृष्टिले समेत सबै जातजाति वर्ग र समुदायका सयुक्त बसोवास रहेको छ । थोरै समथर टारहरू र अधिकांश पहाडी हरियाली वातावरण र हावापानी रहेको, जैविक विविधताले भरीपूर्ण यो अजिरकोट गाउँपालिका हावापानीको दृष्टिले मात्र होइन, सांस्कृतिक दृष्टिले समेत विविधता र सम्भावनाले भरिपूर्ण रहेको छ ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासीक एवं धार्मिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको छ । गोरखा जिल्लामा प्राचीन ३८ कोटहरू छन् त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडीक्षेत्र, दूधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिलिगकोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् ।
दूधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा धार्मिक मेला लाग्ने गर्छ । दूधपोखरी र नारदपोखरी माथिसम्म पनि भेडाखर्क देखिन्छ । हिमाली क्षेत्र जडीबुटीको खानी हो । यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचऔंले, नीरमसी, जटामसी, भुतकेश, यार्सागम्बा, पाखनभेद, रथविरथजस्ता अनगिन्ती जडीबुटी पाइन्छ ।
अजिरकोट क्षेत्रमा खनिज, जडीबुटी, पशुपन्छी, वन्यजन्तु, नदीनाला, ताल तथा सिसा, फलाम, स्लेट, ढुङ्गाखानीहरूजस्ता प्राकृतिक स्रोतसाधन छन् ।
अजिरकोट क्षेत्रको मार्गबाट हरियाली, माडी, पोखरी, खर्कका भेडीगोठ र हिमाली दृश्यको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वाभाविक नै हो । अजिरकोटबाट मनास्लु, हिमालचुली, बौद्धनाथ, मनास्लु उत्तर, रउला हिमाल, शृंगी हिमाल आदि साथै नागबेली आकारमा चेपे र दरौंदी खोला तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आप्mनै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ । हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाँटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, रोदी, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्रा≈मण–क्षत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, वेशभूषा, लोकपरम्परा, कलाकौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आप्mनै निजी सम्पत्ति हुन् ।
अजिरकोट छेउछाउमा अनगिन्ती मठमन्दिर छन्, उदाहरणको रूपमा कालिका मन्दिर (अजिरकोट), भच्चेककी देवी (भच्चेक), झ्याल्लाका भुमे, अलका–विन्ध्यवासिनी (धादिङगरा), बौद्धगुम्बा (बुद्धसिङ), रामपाध्याय स्थानी (डिहीटार), पयूँबोटे देवी (लप्सीबोट), शिवालय मन्दिर (देउराली–बुद्धसिङ–टार), शिवालय मन्दिर (काफलडाँडा), शिवालय मन्दिर (ठासस्वाँरा–काफलडाँडा), खरिबोट, धादिङघरा, बतासे, मुलडाँडा, सुँगुरे, अपुन, भिरकुना, सिरनडाँडा (माने र गुम्बा) घ्याचोक, धनसिरा, मुच्चोक, माल्ले, फल्पु, झ्याँवा, सिमजुङ, खरिबोटमा अवस्थित विभिन्न देवीदेवताका भूमेस्थान, मन्दिर आदि अनगिन्ति धरोहरका रूपमा छन् ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस अजिरकोट गाउँपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ ।
पर्यटनको सम्भावना भए पनि त्यसअनुसार पूर्वाधार निर्माण हुन सकेको छैन । त्यस्तै प्रचारप्रसारको पनि कमी रहेको छ । यस क्षेत्रमा पदयात्राको राम्रो सम्भावना छ । यसका लागि यस क्षेत्रमा ट्रेकिङ ट्रेल बनाइनु आवश्यक छ । त्यस्तै होटेल तथा अन्य पूर्वधार पनि उत्तिकै आवश्यक छ । यसरी यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सके स्थानीय स्तरमा रोजगारी सृजना हुन्छ । पर्यटनबाट वैदेशिक मुद्रा आर्जन हुनुका साथै स्थानीय नागरिककको जीविकोपार्जनमा पनि ठूलो टेवा पुग्ने छ । होमस्टे सञ्चालन गरी यहाँको सांस्कृतिक पक्षलाई पर्यटनसँग जोड्न सके दिगो पर्यटनको आधार तय हुन सक्छ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । यसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरि नमूनाको रूपमा अजिरकोट क्षेत्रलाई विकास गर्न सकिन्छ ।
यातायातको विकास सँगसँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । माथि उल्लेख गरे जस्तै मित्रराष्ट्र भारतको दार्जलिङभन्दा कैयौं गुण सुन्दर छ, यो क्षेत्र । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्नेछ ।
नेपालको भौगोलिक बनोट नै पर्यटक आगमनका लागि प्रमुख पूर्वाधार हो भन्न सकिन्छ जुन प्रकृतिले नै दिएको छ । त्यसमा केही सामान्य लगानी थप्नेबित्तिकै पर्यटनका लागि बलियो आधार तय हुन्छ । यसतर्फ स्थानीय बासिन्दा तथा स्थानीय सरकारको पनि ध्यान जानु आवश्यक छ ।
लेखक गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।