मेगा म्युचुअल फण्ड–१ कात्तिक मसान्तसम्ममा १ करोड ३९ लाखभन्दा बढी नाफामा

मंसिर १५, काठमाडौं । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको मेगा म्यचुअल फण्ड–१ ले कात्तिक मसान्तसम्ममा आकर्षक नाफा गरेको छ । असोज मसान्तसम्म रू. १५ लाख ३८ हजार नोक्सानीमा रहेको उक्त योजनाले कात्तिक मसान्तसम्म भने रू. १ करोड ३९ लाख ९१ हजार नाफा गरेको हो । कात्तिक मसान्तसम्म योजनाले रू. २ करोड ५८ लाख ३३ हजार जम्मा आम्दानी गरेको छ ।  यसमध्ये प्राप्त भइसकेको आम्दानी रू. ३३ लाख ७३ हजार र प्राप्त भइनसकेको आम्दानी रू. २ करोड २४ लाख ५९ हजार छ । असोज मसान्तसम्म योजनाको जम्मा आम्दानी रू. ६५ लाख १७ हजार मात्र थियो । आम्दानी बढेसँगै योजनाले नाफा गर्न सफल भएको देखिन्छ । आम्दानीसँगै योजनाको खर्च रकम पनि असोज मसान्तसम्मको भन्दा कात्तिक मसान्तसम्म बढी भएको छ ।  असोज मसान्तसम्म रू. ८० लाख ५६ हजार जम्मा खर्च गरेको योजनाले कात्तिक मसान्तसम्म रू. १ करोड १८ लाख ४१ हजार जम्मा खर्च गरेको हो ।  धितोपत्रमा लगानी गरी नाफा आर्जन गर्ने उदेश्यसहित सञ्चालनमा रहेको १० वर्षे अवधिको बन्दमुखी उक्त योजनाले कात्तिक मसान्तसम्म सूचीकृत र सूचीकृत नभएका शेयरमा धितोपत्र दलाल कमिशनसहित रू. २९ करोड १४ लाख ९० हजार लगानी गरेको छ ।  यो लगानीको बजारमूल्य भने सूचीकृत शेयरको रू. ३० करोड ११ लाख ३२ हजार र सूचीकृत नभएको शेयरको रू. १ करोड ५ लाख ४४ हजार छ । योजनाको धितोपत्रमा भएको लगानीको परलमूल्य भन्दा बजार मूल्य भने बढीनै रहेको छ । बैंक मुद्दती निक्षेपमा भने योजनाले रू. १२ करोड ५० लाख लगानी गरेको छ ।  उक्त योजना सञ्चालनका लागि मेगा क्यापिटल लिमिटेडले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि असोज मसान्तसम्मको भन्दा वृद्धि भएको छ । असोज मसान्तसम्ममा रू. ९ दशमलव ९९ रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य कात्तिक मसान्तसम्ममा रू. १० दशमलव ११ कायम भएको छ ।

सम्बन्धित सामग्री

मेगा म्युचुअल फण्ड १ को नोक्सानी बढ्यो

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघ महीनाको तुलनामा फागुन महीनामा बढेको छ ।  माघ मसान्तसम्ममा फण्डको नोक्सानी रू. १३ लाख ६५ हजार रहेकोमा फागुन मसान्तमा बढेर रू. २६ लाख ६८ हजार पुगेको हो । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । माघ मसान्तमा फण्डको जम्मा खर्च रू. १ करोड १५ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. १ करोड ३२ लाख पुगेको छ ।  त्यस्तै फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ९० पैसा रहेकोमा फागुन मसान्तमा घटेर ८ रुपैयाँ ८९ पैसामा झरेको हो । माघ महीनाको तुलनामा फण्ड फागुन महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तमा सूचीकृत शेयरमा रू. ८८ करोड ९४ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ५७ लाख पुर्‍याएको हो ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

मेगा म्युचुअल फण्ड-१ को नोक्सानी बढ्यो

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । चैत मसान्तसम्म रू. ४ करोड १४ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म रू. ७ करोड ५ लाखभन्दा बढी नोक्सानीमा रहेको हो । योजनाको जम्मा आम्दानी वैशाख मसान्तसम्म रू. ५ करोड ४८ लाखभन्दा बढी ऋणात्मक छ । यो रकम चैत मसान्तसम्म रू. २ करोड ७२ लाखभन्दा बढी ऋणात्मक थियो । जम्मा आम्दानी ऋणात्मक रकम वैशाखमा बढ्दा नोक्सानीसमेत बढेको हो । साथै योजनाको खर्चसमेत वैशाखमा बढेको छ । चैत मसान्तसम्म रू. १ करोड ४१ लाखभन्दा बढी खर्च गरेको योजनाले वैशाख मसान्तसम्म रू. १ करोड ५७ लाखभन्दा बढी खर्च गरेको हो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य वैशाख मसान्तसम्म रू. ८ दशमलव शून्य ८ कायम भएको छ । यो मूल्य चैत मसान्तसम्म रू. ८ दशमलव ३१ रहेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन र कारोबार शुल्कसमेत रू. १ अर्ब १६ करोडभन्दा बढी रहेको छ । कम्पनीले गरेको लगानीको कुल मूल्य भने रू. ९७ करोड ५६ लाखभन्दा बढी छ । कुल लगानीमा योजनाले बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७८ साल भदौ २३ गतदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

मेगा म्युचुअल फण्ड १ को न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मंसिर मसान्तमा फण्डको न्याभ रू. ७ दशलमव ९१ रहेकोमा पुस मसान्तमा बढेर रू. ८ दशमलव ६७ पुगेको हो ।  फण्डको न्याभ सँगै नाफामा पनि सुधार आएको छ । फण्डले मंसिर मसान्तसम्ममा रू. ९ करोड ८ लाख नोक्सानीमा रहेकोमा पुस मसान्तमा रू. ३३ लाख ३५ हजार नाफामा गएको हो ।  पुस महीनामा फण्डले रू. १ करोड २८ लाख आम्दानी गर्न सफल भएकाले नाफामा सुधार आएको हो । यस फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ९१ करोड ९४ लाख  लगानी गरेको छ । यो लगानी मंसिर मसान्तसम्ममा रू. ८३ करोड ६२ लाख थियो ।

फागुन मसान्तसम्ममा मेगा म्युचुअल फण्ड - १ को सूचीकृत शेयरमा लगानी बढ्यो

चैत १४, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड - १ ले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी माघ महीनाको तुलनामा फागुन महीनामा १७ प्रतिशत वृद्धि भएको छ । माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६४ करोड ९३ लाख लगानी गरेको उक्त फण्डको फागुन महीनामा बढेर रू. ७६ करोड २ लाख पुगेको हो । फण्डले फागुन महीनामा लगानी गरेका कम्पनीहरुको शेयरमूल्य बढेसँगै  समग्र सूचीकृत शेयरमा गरेको लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभी माघ मसान्तसम्ममा रू. १० दशमलव २६ रहेकोमा फागुन मसान्तसम्ममा रू. ९ दशमलव ९७ कायम भएको छ । त्यस्तै फण्डले माघ मसान्तसम्ममा रू. ३ करोड २३ लाख नाफा कमाएकोमा फागुन मसान्तसम्ममा भने रू.४० लाख नोक्सानी व्यहोरेको छ । फागुन महीनामा आम्दानी घटेकाले फण्डको नोक्सानीमा गएको हो । माघ मसान्तसम्ममा कुल रू. ४ करोड ९७ लाख आम्दानी गरेको उक्त फण्डको आम्दानी फागुन मसान्तसम्ममा रू. १ करोड ५२ लाखमा झरेको हो ।

मेगा म्युचुअल फण्ड–१ को धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य कम

पुस १५, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले मंसिर महीनामा धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. ६२ करोड ९१ लख ३६ हजार रहेको छ ।  योजनाले बिहीवार सार्वजनिक गरेको यस अवधिसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणमा यस्तो देखिएको हो । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ५६ करोड ३६ लाख ३९ हजार मात्र रहेको छ ।  योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम रहेको हो । यो महीना योजनाको बैंक मुद्दती निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ । योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य यो महीना रू. ९ दशमलव ४३ रहेको छ ।  कात्तिक महीनामा योजनाको यो मूल्य रू. १० दशमलव ११ रहेको थियो । यो महीना जम्मा आम्दानी ऋणात्मक हुँदा योजनाले रू. ७ करोड ११ लाख २ हजार नोक्सानी व्यहोरेको छ ।  कात्तिक महीनामा रू. २ करोड ५८ लाख ३३ हजार जम्मा आम्दानी गर्दा योजनाले रू. १ करोड ३९ लाख ९१ हजार नाफा गरेको थियो । मंसिर महीनामा योजनाको खर्च पनि बढी भएको छ । कात्तिक महीनामा रू. १ करोड १८ लाख ४१ हजार खर्च गरेको योजनाले मंसिर महीनामा रू. १ करोड ३५ लाख ३५ हजार खर्च गरेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना यसै वर्षको भदौ २३ गतेदेखि सञ्चालनमा आएको हो । यो योजना २०८८ भदौ २२ गते परिपक्व हुनेछ ।

नेप्सेमा मेगा म्युचुअल फण्ड–१ को इकाई सुचिकृत

मेगा क्यापिटलको ब्यबस्थापनमा निष्काशन भएको मेगा म्युचुअल फण्ड–१ को इकाई नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। आज मंगलबार फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरको  १२ करोड ५० लाख इकाई नेप्सेमा सुचिकृत भएको हो  । इकाई सुचिकृत भएसंगै बुधबारबाट इकाई खरीद बिक्रि गर्न सकिने छ  । MMF1 सिम्बलबाट यसको कारोबार हुने छ। यस योजनाको आकार एक अर्ब पच्चिस करोड रहेको छ । योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ रहेको छ । यस निष्काशनमा १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी हो । निष्काशनमा १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको थियो भने ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गरिएको थियो ।  बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको थियो ।

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट

भदौ २४, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गते देखि १० गतेसम्म विक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट गरेको छ ।  क्यापिटलले भदौ २३ गते १२ करोड ५० लाख इकाई बाँडफाँट गरेको हो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकारमा २५ प्रतिशत इकार्य थप गरी बाँडफाँट गरिएको क्यापिटलको भनाइ छ ।  क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यमा रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गरेको थियो । फण्डको कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा १ करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।  बाँडफाँटका क्रममा भने २५ प्रतिशत अर्थात् २ करोड ५० लाख कित्ता थप गरी १२ करोड ५० लाख कित्ता इकाई वितरण गरिएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था थियो ।  क्यापिटलले १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि रू. १ अर्ब २५ करोड बराबरको इकाई विक्री गरेको हो ।

मेगा म्युचुअल फण्ड १ को इकाईमा मागभन्दा २.३७ गु्णा बढी आवेदन

भदौ ११, काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा अन्तिम दिनसम्म मागभन्दा २ दशमलव ३७ गुणा बढी आवेदन परेको छ ।  विक्री प्रबन्धक मेगा क्यापिल मार्केट्सका अनुसार अन्तिम दिन बिहीवारसम्ममा १ लाख ६३ हजार ६४६ जना आवेदकहरुले २० करोड १४ लाख ५५ हजार ६०० इकाईको लागि आवेदन दिएका हुन् ।  फण्डले भदौ ४ गतेदेखि १० गतेसम्म १० करोड इकाई विक्रीमा ल्याएको हो । कुल १० करोड इकाई मध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई छुट्याएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री खुला गरेको थियो ।

‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा २.३७ गुणा बढी आवेदन

काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । यस योजनाको प्रति इकाई १० का दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवर्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखिएको थियो । बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै मागभन्दा बढि आवेदन प्राप्त भई चौथो

मेगा म्युचुअल फण्ड-१ को इकाईमा आवेदन दिने अन्तिम दिन बिहीवार

भदौ ९, काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।  फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो ।  आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेमा आवेदकले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कुल १० करोड इकाई मध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई छुट्याएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।  यस इकाईमा आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड इकाई सम्मका लागि आवेदन दिन सक्नेछन् । १० वर्ष अवधिको यस फण्डमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । यो एक बन्द मुखी योजना हो ।