मेगा म्युचुअल फण्ड-१ को इकाईमा आवेदन दिने अन्तिम दिन बिहीवार

भदौ ९, काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।  फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो ।  आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेमा आवेदकले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कुल १० करोड इकाई मध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई छुट्याएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।  यस इकाईमा आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड इकाई सम्मका लागि आवेदन दिन सक्नेछन् । १० वर्ष अवधिको यस फण्डमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । यो एक बन्द मुखी योजना हो । 

सम्बन्धित सामग्री

मेगा म्युचुअल फण्ड १ को इकाईमा मागभन्दा २.३७ गु्णा बढी आवेदन

भदौ ११, काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा अन्तिम दिनसम्म मागभन्दा २ दशमलव ३७ गुणा बढी आवेदन परेको छ ।  विक्री प्रबन्धक मेगा क्यापिल मार्केट्सका अनुसार अन्तिम दिन बिहीवारसम्ममा १ लाख ६३ हजार ६४६ जना आवेदकहरुले २० करोड १४ लाख ५५ हजार ६०० इकाईको लागि आवेदन दिएका हुन् ।  फण्डले भदौ ४ गतेदेखि १० गतेसम्म १० करोड इकाई विक्रीमा ल्याएको हो । कुल १० करोड इकाई मध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई छुट्याएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री खुला गरेको थियो ।

मेगा म्युचुअल फण्ड–१ को इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

भदौ १०, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको मेगा म्युचुअल फण्ड–१ को इकाई खरीदका लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्डको प्रतिइकाई रू. १० अंकित मूल्यमा रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गरेको हो ।  फण्डको कुल इकाई मध्यबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।  फण्डको इकाई खरीदका लागि भदौ ९ गते बुधवार साँझ ५ बजेसम्म १ लाख ३४ हजार ७६० जना आवेदकहरुबाट १४ करोड ६४ लाख ११ हजार ८०० कित्ताको माग भएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ १० गतेसम्म मात्र कोषले इकाई विक्री खुला गर्न लागेको हो । यस अवधिसम्म माग बमोजिम आवेदन परेको खण्डमा भने ढिलोमा भदौ १८ गतेसम्मको मिति तय गरिएको थियो ।  १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।