घरबहाल सरोकार महासंघले कोरोना संकटका बेला निम्न आय भएका डेरावालहरुलाई बन्दाबन्दी अवधिभर ५० प्रतिशत घरबहाल मिनाहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानामा ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु संकटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका छन् ।उनले असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्त