निषेधाज्ञा अवधिको कोठाभाडा मिनाहा गर्न अनेरास्ववियुको माग

काठमाडौं  : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थीहलाई कोरोना बिरुद्धको खोप लगाउन र निषेधाज्ञा अवधिभरको कोठा भाडा मिनाहा गर्न सरकारसँग माग गरेको छ। अनेरास्ववियुले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको लागि राहत प्याकेजको समेत व्यवस्था गर्न माग गरेको हाे। ‘विद्यार्थीलाई कोरोना भ्याक्सिन, निषेधाज्ञा अवधिभरको कोठा भाडा मिनाहा तथा विद्यार्थीलाई राहत प्याकेजको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौ,’अध्यक्ष सुदेश पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘निषेधा...