चीन सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग झन्डै २२ वर्षदेखि बन्द छ । २०३२ सालमा निर्माण भएको उद्योग लगातार घाटामा गएपछि २०५७ फागुन १ बाट बन्द भएको हो । सरकार परिवर्तनसँगै उद्योग सञ्चालन गर्ने वा उत्पादन बन्द गरेर सम्पत्ति बाँडफाँट (लिक्विडेसन) को प्रक्रियामा जाने भन्नेबारे अन्योल हुँदा २२ वर्षसम्म सञ्चालन भएको उद्योग पूर्ण रूपमा बन्द हुन पुगेको हो ।