हेटौंडा : सरकारले हेटौंडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याउने भएको छ। सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने बताएका हुन्।अर्थमन्त्री शर्माले वर्षौंदेखि बन्द रहेको कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गरिने बताएका छन्। उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित पोशाक लगाउने व्यवस्था गरिने घोषणा गरे।चीनको सहयोगमा २०३२ सालमा स्थापना शुरु भएको उद्योग २०३५ सालमा सञ्चालनमा आएको थियो। राजनीतिक खिँचात