हेटौंडा :कुनै वेला ‘हेटौंडा कपडा उद्योग’ यतिसम्म लोकप्रिय थियो कि त्यहाँ काम गर्ने कर्मचारीले पनि समाजमा छुट्टै सम्मान पाउने गर्थे।हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउन देशभरका मान्छे उत्साहित हुन्थे।हेटौंडा कपडा उद्योगले उत्पादन गरेको कपडा अझै पनि धेरैले भुल्न सकेका छैनन्।कपडा उत्पादनको नेपाली औद्योगिक बजारमा कुनै वेला एकछत्र राज गरेको हेटौंडा कपडा उद्योग अहिले अवशेष पनि समाप्त हुने अवस्थामा पुगेको छ।दुई दशकअघि पूरै बन्द भएको उद्योगको भौतिक संरचना जीर्ण अवस्थामा छ।चीन सरकारको ल