हेटौंडा : दुई दशकदेखि पूर्णरूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषय पुनः राष्ट्रिय बजेटमा परेको छ।संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।अर्थमन्त्री शर्माले वर्षौँदेखि बन्द कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताएका हुन्। सरकारले उद्योग सञ्चालन गरी यहाँबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेका व्यक्तिले लगाउने पनि बजेटमा घोषणा गरेको छ। बजेटमार्फत रुग