सरकारले आगामी आर्थिक वर्षमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई सञ्चालनको व्यवस्था मिलाएको बताएका हुन् । उनले उपयुक्त ढाँचामा सो उद्योग सञ्चालनको योजना बनाएको बताए । उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाहरू प्रयोगको व्यवस्थासमेत लिइने बताए ।विसं २०३२ सालबाट हेटौंडा कपडा उद्योगको इतिहास सुरु भएको देखिन्छ । चीन सरकारको सहयोगमा विसं २०३५/०३६ सालबाट हेटौंडा कपडा उद्योगले औपचारिक रुपमा उत्पादन