सरकारको रुग्ण उद्योग संचालन गर्ने नीति अनुसार देशका विभिन्न उद्योगहरुको नाम उल्लेख भएको छ । त्यस मध्ये हेटौंडाको हेटौंडा कपडा उद्योग एक हो । सरकारले उक्त नीति अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा हेटौंडा कपडा उद्योग संचालनको विषय समेटेको हो । दुई दशकदेखि पूर्णरूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको विषय हरेक वर्ष सरकारको प्राथमिकतामा पर्ने गर्दछ । सो विषयले यस पटक पनि राष्ट्रिय बजेट स्थान पाएको छ ।संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा रुग्ण