अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्नेगरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक( २०७८ प्रतिनिधि सभामा पेश गरेका हुन् ।
संसदमा पेश भएको बजेटमा चालु खर्चतर्फको भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च लगायत शीर्षकमा न्युनतम १० प्रतिशतका दरले बजेट कटौति गरेका छन् । यसरी खर्च कटौति गर्दा तत्काल बचत हुने ५ अर्ब रुपैयाँ कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि उपयोग गरिने भए...