विराटनगर : दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङको प्रतिनिधिसभा क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका बागी योगेन्द्र मण्डल निर्वाचित भएका छन्।सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल र एमाले गठबन्धनका तर्फबाट जसपा राजकुमार यादवलाई पछि पार्दै योगेन्द्र विजयी बनेका हुन्। निर्वाचन आयोगका अनुसार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गरे