काठमाडौं : स्थानीय तह निर्वाचनको लागि व्यवस्थापन मिलाउन नसक्दा कास्कीमा कर्मचारीहरुको भीड लागेको छ। कर्मचारीहरु स्थानीय तहको निर्वाचनका लागि चाहिने सामग्री लिने क्रममा कर्मचारी कम भएकाले व्यवस्थापन गर्न नसकिएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।उनले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानमा खटिन शुरु गरेको पनि बताए। बुधबारसम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने जनाइएको छ।निर्वाचनका लागि खटिएका कर्मचारीहरुले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सील, स्टिकर