खोटाङ– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेका हुन् । सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री पठाउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन […]