कोरोना भाइरस संक्रमणको महामारीले पशुपति आर्यघाटमा जलाउने शवको संख्या बढेसँगै १० दिनमा २ लाख ९९ हजार किलोग्राम दाउरा खपत भएको छ ।
नेपाल वन निगम लिमिटेड (टिम्बर कर्पोरेसन) आर्यघाट डिपोका प्रमुख द्रोणप्रसाद पोखरेलका अनुसार जेठ २ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस संक्रमण भएका शवलाई जनाउनका लागि २ लाख ९ हजार र नियमित शव चलाउने ठाउँमा ९० हजार किलोग्राम दाउरा खपत भएको बताए ।
‘अहिले कोरोना भाइरसले मृत्यु भएर आउन थालेपछि कोरोना संक्रमणतर्फ धेरै दाउरा खपत हुन थालेको हो,’ प्रमुख पोखरेलले भने, ‘दैनि...