भारतको महाराष्ट्रमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ र हरेक लिन मृत्युको नयाँ कीर्तिमान बनिरहेको छ ।
मृतकहरूको शव श्माशान वा कब्रिस्तान लग्नका लागि एम्बुलेन्स पनि उपलब्ध छैन ।
बीड भन्ने ठाउँमा रहेको स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाका कारण मृत्यु भएका २२ रोगीहरूको शवलाई एउटै एम्बुलेन्समा बोरामा राखेर लगिएको तस्वीर सार्वजनिक भएको छ ।
अस्पतालले चाहिँ आफूसँग पर्याप्त एम्बुलेन्स नै नभएको बताएको छ । यस अमानवीय तस्वीर सार्वजनिक भएपछि मानिसहरू रिसाएका छन् ।
अस्पताल प्रशासनको कुव्...