विराटनगरका दृश्यमान शाक्य उमेरले भर्खरै १७ वर्ष टेके । तर उमेरले जतिनै कलिलो भएपनि उनले वहन गर्दै आएको जिम्मेवारी भने चुनौतीपूर्ण र उत्तिकै जोखिमपूर्ण छ ।उनी अहिले कोरोनाबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन सक्रिय रहँदै आएका छन्, त्यो पनि निःस्वार्थ भावले ।उनी अहिले होम आइसोलेसनमा होस् या अस्पतालमा, कोरोनाका कारण मृत्यु भएकाको शव अन्त्येष्टिका लागि घाटसम्म लैजाने कार्यमा खटिँदै आएका छन् ।यतिमा मात्र उनको दिनचर्या सीमित छैन । बाँकी समय पनि उनी कोरोना संक्रमितको घर डिसइन्फेक्सन र स्यानिटाइज गर्ने