भारतमा कोरोनाको कहर : एम्बुलेन्स नपाएपछि ठेलामा राखेर छोराले लगे आमाको शव

मध्य प्रदेशको दामोहमा कोरोनाका कारण ज्यान गुमाएकी एक महिलाका छोराले एम्बुलेन्सको अभावमा आमाको शव ठेलामा राखेर लगेको तस्वीर सार्वजनिक भएको छ ।  सरकारी अस्पतालबाट दुई किलोमिटर टाढा रहेको गाउँसम्म शव ठेलामा लगिएको थियो ।  ४५ वर्षीया कलावती विश्वकर्माको मृत्यु उपचारका क्रममा मंगलवार राति भएको थियो । शवलाई पथरिया गाउँ लग्नुपर्ने थियो । दुई दिनसम्म छोराले एम्बुलेन्स वा कुनै गाडी पाइन्छ भनी दौडधुप गरे तर केही नलागेपछि अन्त्यमा बिहीवार बिहान ठेलामा राखेर शवलाई गाउँ पुर्‍याए ।    देबु विश्वक...

सम्बन्धित सामग्री

ईशनाथका मेयरले बनाए आफूले चढ्ने गाडीलाई एम्बुलेन्स

रौतहटको एक नगर प्रमुखले आफूले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएका छन् । कोरोनाको कहर बढिरहेको समयमा नगरका संक्रमितलाई समयमा अस्पताल पुर्‍याउन ईशनाथ नगरपालिकाका मेयर सन्तोषकुमार मेहताले आफूले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएका हुन् ।

कोरोनाकालमा सकारात्मकताको खोजी : मज्जाले नाचे एम्बुलेन्स चालक (भिडियो)

भारतमा कोरोनाको कहर चलिरहेकोमा एम्बुलेन्स चालकह त्यसको बढी मारमा परिरहेका छन् ।  संक्रमितहरूलाई घरबाट अस्पताल पुर्‍याउन र झार्नपर्दा उनीहरू भाइरसको जोखिममा जहिले पनि पर्छन् ।  यस्तै एक एम्बुलेन्स चालकले उत्तराखण्डको हल्द्वानीमा सुशीला तिवारी अस्पताल नजिक जन्ती गइरहेको देखेपछि एम्बुलेन्सबाट ओर्लेर मज्जाले नाचेको भिडियो सार्वजनिक भएको छ ।  दिनभरि कोभिड रोगीहरूलाई लिएर हिँड्नुपर्दा तनाव र थकान हुने उनी बताउँछन् । त्यसैले तनाव भगाउनका लागि आफू नाचेको उनको भनाइ छ ।  पीपीई किट लगाएर ती चालक ...

भारतमा कोरोनाको कहर : बोरामा राखेर लगियो मृतकको शव

भारतको महाराष्ट्रमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ र हरेक लिन मृत्युको नयाँ कीर्तिमान बनिरहेको छ ।   मृतकहरूको शव श्माशान वा कब्रिस्तान लग्नका लागि एम्बुलेन्स पनि उपलब्ध छैन ।    बीड भन्ने ठाउँमा रहेको स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाका कारण मृत्यु भएका २२ रोगीहरूको शवलाई एउटै एम्बुलेन्समा बोरामा राखेर लगिएको तस्वीर सार्वजनिक भएको छ ।  अस्पतालले चाहिँ आफूसँग पर्याप्त एम्बुलेन्स नै नभएको बताएको छ । यस अमानवीय तस्वीर सार्वजनिक भएपछि मानिसहरू रिसाएका छन् ।  अस्पताल प्रशासनको कुव्...