गाडी दुर्घटना र कोरोनाका कारण इजरायलमा दुई जना नेपालीको ज्यान गयो

काठमाण्डौ – नेपालीहरुको रोजगार गन्तव्य देश इजरायलमा गाडी दुर्घटना र कोरोनाका कारण दुई जना नेपालीको ज्यान गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएका झापाका रमेशकुमार विश्वकर्माको कोरोनाका कारण र सुनसरीका लालबहादुर विष्टको सडक दुर्घटनामा परेर ज्यान गएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । यस्तै परिवारको स्वीकृतिमा रमेशकुमारको शव केही अघि इजरायलमै अन्त्येष्टि भइसकेको र लालबहादुरको शव हिजो नेपाल पुर्याइएको पनि दूतावासले जनाएकाे छ । दूतावासका अनुसार रमेश विश्वकर्माले कोरोनाको खोप लिनु...