भारतको राजस्थानमा कोभिडका कारण निधन भएका एक व्यक्तिको शव जलाइरहेको बेलामा उनकी छोरी चितामा हाम्फालेकी छन् ।
दामोदरदास शारदा नामक ७३ वर्षीय पिता राजस्थानको बारमर जिल्लाको एक अस्पतालमा मंगलवार बितेका थिए ।
शारदाको शव जलाइँदै गर्दा उनकी कान्छी छोरी चन्द्रा शारदा अचानक चितामा हाम्फालेको प्रहरीले जानकारी दियो ।
त्यहाँ भेला भएका अन्य मानिसले उनलाई तत्कालै आगोबाट निकालेका थिए तर उनको शरीरको लगभग ७० प्रतिशत भाग डढेको थियो ।
उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो र पछि जोधपुर...