लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) छाडेर केही नेता हिँडेपछि सो पार्टीको बैठक बसेको छ । लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंहलगायतका नेताहरु पार्टी छाडेर नव गठित तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गरेका छन् । उनीहरु पार्टी छाडेर हिँडेपछि लोसपाको शीर्ष नेताहरुको बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको हो । यसअघि पटक पटक बैठकका लागि प्रयास भइरहे पनि सम्भव भइरहेको थिएन । पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनोनयन गर्दा वर