एमाले पार्टी केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने तयारी गरेको छ ।सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो । त्यसका लागि आवश्यक एजेन्डाहरु तय गर्न मंगलबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार)देखि सुरु हुँदै छ।ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।उनका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुने छ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङको भनाइ छ ।

विभाजनपछि पहिलाेपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेले आज (बिहीबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी विभाजन भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। एमालेबाट विद्रोह गरि वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी निर्माण गरेका छन्। उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह […]

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलाे पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको हो । बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसर

एमाले केन्द्रीय समिति बैठक सोमबारका लागि तय

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबारका लागि तय भएको छ ।  आइतबारका लागि तय भएको  बैठक स्थगित गरेर सोमबारका लाग तय गरिएको हो ।  पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ ।

एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्यो

काठमाडौं : आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए। माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो।

एमाले केन्द्रीय समिति बैठक स्थगित

नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ । केपी ओलीले बोलाएको सो बैठकमा माधव नेपाल पक्ष सहभागी हुने नहुने निश्चित भइसकेको छैन । पार्टीभित्र विवादका कारण नेपाल समूहले ओलीले बोलाएको बैठक ब...

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ - एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्‍ने बैठक आज दिउँसो तीन बजे बस्नेछ ।  एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा हिजो जारी बैठककै एजेन्डामा आज पनि छलफल हुनेछ । यसअघि हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व…

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक हिजोबाट सुरु भएको हो । आज दिउँसाे ३ बजेका लागि बैठक बाेलाइएकाे एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।    बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुसासन, पार्टीले चाल्ने सक्ने कारबाहीको कदमलगायत...

ओली र नेपालबीच टेलिफोन वार्ता, आज केन्द्रीय कमिटी बैठक

आन्तरिक विवादमा फसेको एमालेको विवाद मिलाउन प्रयास जारी छ । सबैबीचमा बिहीबार साँझ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले ओली र नेपालबीच टेलिफोनमा कुरा भएको बताए।  ओली र नेपालबीच आज भेटवार्ता हुनसक्ने पनि नेताहरुको दावी छ । आजै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको ब...