काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। प्रचण्डले बिहीबार बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रचण्डले पार्टी पदाधिकारीको अनौपचारी बैठक बोलाएको र बैठमा सरकारको प्रभावकारिता, नीति–कार्यक्रम, बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल हुने सचिवालयले जनाएको छ।